काठमाडौं– नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
यसअघिकाे बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ। साथै आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ ।
यसबीचमा आन्तरिक विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँगको भेटघाटलाई पनि तिव्रता दिएका छन्। यसै सन्दर्भमा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधबार र विहीबार दुईपटक वार्ता गरेका थिए भने अर्का नेता बामदेव गौतमसँग पनि बिहीबार साँझ भेटघाट गरेका थिए।
वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ ।