अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन नेपालले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौं –  लिक्विड अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले भारतलाई उक्त आग्रहसहितको पत्र पठाएको हो । उनले कूटनीतिक च्यानलबाट स्वास्थ्य सामाग्री आपूर्तिको लागि नेपालले भारतसँग पहल गरिरहेको बताइन् ।

भारतले स्वास्थ्य सामाग्री आपूर्ति गर्न सकारात्मक जवाफ दिएको र चाँडै आपूर्ति सुचारु हुने कुरामा आफू आशावादी रहेको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्सिजन, सिलिन्डर लगायतका सामाग्रीको घरेलु खपत पछिल्लो समय बढिरहेको बताउँदै भारतले ती सामाग्री आपूर्तिमा अहिले रोक लगाएको छ । नेपालले भारतको झारखण्डस्थित लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति गर्दै आइरहेको थियो ।

बढ्दो कोरनाभाइरस संक्रमणले अक्सिजन लगायतका सामाग्री अपुग हुने आंकलन गर्दै नेपालले ती सामाग्रीको आपूर्ति सुचारु गर्न कूटनीतिक लबिइङ थालेको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले साताअघि भारतीय समकक्षीहरुसँग खोपसहित अक्सिजन लगायतका सामाग्रीको आपूर्ति सुचारु गर्न आग्रह गरेका थिए ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको