काठमाडौं – नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ ।
यता चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । गत आइतबार प्रतितोला १२९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३०० रुपैयाँ कायम भएको हो ।