विभिन्न बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि अनिश्चित कालका लागि बन्द

काठमाडौं – विभिन्न बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि अनिश्चित कालका लागि बन्द गरिएको छ ।

काठमाडौं उपत्यका र विभिन्न जिल्लामा धेरैजसो बैंकका एटिएम मेसिन बन्द भएका नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको आग्रहमा बैंकका एटिएम मेसिन बन्द गरिएको हो ।

नेपाली बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि सुरक्षित सेवा प्रवाहका लागि अहिलेलाई एटिएम मेसिन बन्द गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

नेपाल प्रहरीले शनिवार काठमाडौंबाट पाँच जना चिनियाँ नागरिकलाई पक्रेपछि विभिन्न बैंकका खातावालको रकम उनीहरुले अनधिकृत रुपमा निकालेको पुष्टि भएको थियो ।

चिनियाँ नागरिकको साथबाट झण्डै डेढ करोड नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरिएको थियो । उनीहरुले विभिन्न बैंकका एटिएमबाट सेवाग्राहीको रकम निकालेका थिए ।

अहिले सम्बन्धित बैंक र नेपाल प्रहरीको सहयोगमा एटिएम सुरक्षाका लागि काम भैरहेको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको