काठमाडौं – विभिन्न बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि अनिश्चित कालका लागि बन्द गरिएको छ ।

काठमाडौं उपत्यका र विभिन्न जिल्लामा धेरैजसो बैंकका एटिएम मेसिन बन्द भएका नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको आग्रहमा बैंकका एटिएम मेसिन बन्द गरिएको हो ।

नेपाली बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि सुरक्षित सेवा प्रवाहका लागि अहिलेलाई एटिएम मेसिन बन्द गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

नेपाल प्रहरीले शनिवार काठमाडौंबाट पाँच जना चिनियाँ नागरिकलाई पक्रेपछि विभिन्न बैंकका खातावालको रकम उनीहरुले अनधिकृत रुपमा निकालेको पुष्टि भएको थियो ।

चिनियाँ नागरिकको साथबाट झण्डै डेढ करोड नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरिएको थियो । उनीहरुले विभिन्न बैंकका एटिएमबाट सेवाग्राहीको रकम निकालेका थिए ।

अहिले सम्बन्धित बैंक र नेपाल प्रहरीको सहयोगमा एटिएम सुरक्षाका लागि काम भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here