ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ, आत्तिनु पर्दैन’: राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले कुनै पनि नागरिकको बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबरपछि आम नानगरिक आतंकित भएका बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

ह्याकरले बैंकको एटिएममा मात्रै आक्रमण गरेको तर त्यसले कुनै पनि खातामा असर नपारेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । खातामा भएको पैसामा कुनै जोखिम नरहेको उनको भनाई छ ।

‘खातावालालाई कुनै असर पर्दैन । अहिले भएको आक्रमण एटिएममा मात्रै हो । सिस्टममा आक्रमण भएको छैन । आक्रमण हुन पनि सक्दैन । खातामा भएको पैसामा कुनै जोखिम छैन । ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ, आत्तिनु पर्दैन’, प्रवक्ता निरौलाले भने ।

यसैबीच काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आकस्मिक बैठकमा बोलाएको छ। शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

यो घटनापछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको