ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ, आत्तिनु पर्दैन’: राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले कुनै पनि नागरिकको बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबरपछि आम नानगरिक आतंकित भएका बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

ह्याकरले बैंकको एटिएममा मात्रै आक्रमण गरेको तर त्यसले कुनै पनि खातामा असर नपारेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । खातामा भएको पैसामा कुनै जोखिम नरहेको उनको भनाई छ ।

‘खातावालालाई कुनै असर पर्दैन । अहिले भएको आक्रमण एटिएममा मात्रै हो । सिस्टममा आक्रमण भएको छैन । आक्रमण हुन पनि सक्दैन । खातामा भएको पैसामा कुनै जोखिम छैन । ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ, आत्तिनु पर्दैन’, प्रवक्ता निरौलाले भने ।

यसैबीच काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आकस्मिक बैठकमा बोलाएको छ। शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

यो घटनापछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको