काठमाडौं – सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेपालले कुवेतसँग उसैको मैदानमा ७-० गोल अन्तरको हार व्यहोर्न बाध्य भयो ।
जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा बिहीबार राति प्रतिस्पर्धा भएको थियो ।
बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले पछि परेको नेपाल दोस्रो हाफमा थप पाँच गोल खान बाध्य भयो ।
यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।