काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पटक-पटक सरकारमा गएर आफूहरुले गल्ति गरेको बताएका छन् । अब यस्तो गल्ति नदोहोर्याउने उनको भनाइ छ ।
थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले आफूहरु सरकारमा गएको मतदाताले नरुचाएको उल्लेख गरेका छन् ।
थापाले लेखेका छन्, ‘पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्यूत्पादक भयो, गल्ति भया । अब गल्ति दोहोरिने छैन ।’
थापाले राप्रपा सरकारमा गए पनि राजसंस्थाको मुद्दा नछोडेको बताएका छन् । ‘सरकारमा गए पनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन र छोड्ने छैन,’ उनले भनेका छन् ।
कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाईन्छ।त्यसैले दोहराएर स्पष्ट पार्न चाहन्छुः
-पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन,त्यो प्रत्युत्पादक भयो,गल्ति भयो,अब गल्ति दोहरिने छैन
-सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन,छोडने छैन— Kamal Thapa (@KTnepal) June 15, 2021