देशभर आज २८२८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
यस्तै थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।
आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्।