प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच करिब २ घण्टा छलफल

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ।

बिहीबार दिउँसो ओली र भण्डारीबीच शीतल निवासमा एक घण्टा ४० मिनेट छलफल भएको हो। प्रधानमन्त्री ओली दिउँसो १२ः ४० बजे शीतल निवास छिरेका थिए। भेटवार्ता सकेर ओली शीतल निवासबाट बाहिरिएका छन्।

यसैबीच राष्ट्रपति भण्डारीले अनपेक्षित रुपमा राष्ट्रियसभामा सम्बोधनको इच्छा व्यक्त गरेकी छन्। राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। राष्ट्रियसभाको यो अधिवेशनको सुरुतिर राष्ट्रपतिले सम्बोधनको इच्छा व्यक्त गरेकी हुन्।

आउँदो आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न चाहेको जानकारी गराएका हुन्।

सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरूबेला राष्ट्रपतिले संसदमा यसरी उपस्थित हुने परम्परा नरहेको संसद सचिवालयका कर्मचारीहरुको भनाई छ।

तर संविधानको धारा ९५ को उपधारा १ मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको