करण नायक बन्दा नेपालको लगातार दोस्रो जित,नेदरल्याण्ड ४ विकेटले पराजित

काठमाडौं – ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा करण केसी नायक बने । विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए ।

यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे ।

नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर र १ सय ३३ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको