एमाले कार्यदल बैठक चलिरहेको बेला राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । सिंहदरबारमा एमाले कार्यदलको बैठकको बसिरहेको बेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कार्यदलले एमाले विवादमा ‘मुख्य विषयमा सहमति भइसकेको जानकारी दिएको छ , त्यो भनेको अदालतमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने, अदालतलाई प्रभावित पार्ने गरी कुनै पनि भाषा प्रयोग नहुने तथा निसर्त २०७५ जेठ २ को कमिटी पुन:स्थापना  नै हो।

विधान संशोधनलगायतका विषयमा पनि सहमति भएको छ। माओवादीबाट एमालेका आएका नेतामात्र नभई नेकपा कालमा थपिएका नेतालाई पनि केन्द्रीय सदस्य बनाउन विधान संशोधन गर्नैपर्ने भएकाले यो कामसमेत गरेर उनीहरूलाई प्रकृयागत ढंगबाट पार्टीमा ल्याउने सहमति भएको छ ।

विगतमा जस्तो नेपाल पक्षमा लागेकै कारण भोलिका दिनमा अन्याय गरियो भने त्यसले राम्रो सन्देश नजाने र पार्टी एक हुनु नहुनुको कुनै औचित्य पनि नहुने नेपालको भनाइ छ ।

शक्ति बाँडफाँट पनि नेपाल पक्षको मुख्य माग हो । बुधबार राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी मागेका थिए।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको