राष्ट्रपतिले सरकारलाई असहयोग गरेको भन्दै खगेन्द्र संग्रौलाले दिए यस्तो प्रतिक्रिया

लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तुरुन्त महाभियोग लगाई पदच्युत गरिहाल्नु आवश्यक देखिएको दाबी गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको नियुक्ति–पत्रमा राष्ट्रपति भण्डारीले देखाएको ‘किर्ते’ले सरकारलाई असहयोग गर्ने लक्षण देखाएको उनको आरोप छ।

कांग्रेस सभापति देउवालाई मंगलबार साँझ प्रधानमन्त्रीमा नियुक्ति दिइएको विज्ञप्तिमा राष्ट्रपपितले संविधानको कुनै धारा उल्लेख नगरी ‘सर्वाेच्च अदालतको फैसलाबमोजिम’ मात्र लेखेपछि केही बेर देउवाले शपथ खान अस्वीकार गरेका थिए। पछि शपथ खुवाउने बेला धारा ७६ (५) अनुसार खुवाउने भनेपछि मात्र उनी तयार भए र तोकिएको समयभन्दा केही ढिला गरी शपथ खाए।

‘देउवाको नियुक्ति–पत्रमा नांगो किर्ते कर्म गर्ने/गराउने राष्ट्रपति विद्याले सरकारलाई असहयेग गरी सक्दो सताउने लक्षण देखियो,’ लेखक संग्रौलाले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत सचेत गराउँदै भनेका छन्, ‘सरकारका बाटाको तगारो पन्छाउन यिनलाई महाअभियोग लगाएर पदच्युत गरिहाल्नु आवश्यक ठहरियो। देउवाजी, पर्दा पछाडिबाट गरिने बालकोटे प्रतिशोधलाई ठट्टा नठानौं।’

 

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको