ओलीले युथ फोर्स ब्युँताएपछि माधव पक्षले बनायो अखिल फोर्स, दियो यस्तो चेतावनी

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरूले ‘अखिल फोर्स’ गठन गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’ बनाएका हुन्।

अनेरास्ववियू केन्द्रीय अध्यक्ष सुदेस पराजुलीले ‘अखिल फोर्स’ बनाउने निर्णय भएको बताए। उनीहरूले आज मोटरसाइकल र्‍याली पनि गरेका थिए।

आज अखिलको उपत्यकास्तरीय कार्यकर्ता भेलाबाट तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । केपी ओलीनिकट राष्ट्रिय युवा संघको बुधबारको बैठकले युथ फोर्स ब्युँताएसँगै माधव पक्षको अखिल फोर्स गठन गरिएको हो ।

नेता नेपाललगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरू प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको पराजुलीले बताए । ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर, न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ’, पराजुलीले भने, ‘अब माधव नेपालहरू प्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियू लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौँ , यदाकदा साइबर स्यालहरू हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरूलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । ती साइबर स्यालहरूलाई भौतिक रूपमा पहिचान गरेर कारवाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियूले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

पराजुलीले माधव नेपाललाई कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारवाहीमा उत्रिने चेतावनीसमेत दिए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको