श्रममन्त्री विष्ट र युएईका मानव संशाधनमन्त्री हमालीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडाैं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री नसिरविन थानी अल हमालीबीच दुबईमा भेटवार्ता सम्पन्न भएको छ।

वार्तामा दुबईमा रहेर काम गरिरहेका नेपाली श्रमिकहरूको हित प्रवर्द्धनका विषयमा छलफल भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यस्तै नेपाली श्रमिकहरुको पारिश्रमिक समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारहरूको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ।

यस्तै नेपाली र यूएईबीच गत जूनमा सम्पन्न भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सो समझदारी पत्रमा उल्लेख भएबमोजिमको संयुक्त कार्यदलको पहिलो बैठक आगामी नोभेम्बरको पहिलो साता हुने भएको दूतावासको भनाइ छ।

मन्त्री विष्ट १६–१७ अक्टोबरसम्म हुने अबुधाबी डाइलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका हुन्।

नेपाली दूतावासको आयोजनामा यूएईस्थित नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा समेत मन्त्री विष्ट सहभागी थिए।

सो छलफलमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले वैदेशिक रोजगारीमा हुनुपर्ने सुधारका बारेमा सुझाव दिएका थिए।

मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन नेपाल सरकारले गरेका प्रयासहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए।

साथै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले मन्त्री तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा समेत मन्त्री विष्ट सहभागी भएका थिए।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको