काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्।
ठाकुरनिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको छ।
जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
ठाकुर पक्षले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पनि दिएको थियो।
प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए। विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।
