काठमाडौं नागढुंगा सुरुङमार्ग निर्माण शिलान्यास आज, ४२ महिनामा सक्ने लक्ष्य

काठमाडौं नागढुंगाा सुरुङमार्ग निर्माण शिलान्यास आज हुँदै छ। जापान सरकारको सहयोगमा निर्माण हुने यस सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ।

यो सुरुङमार्ग काठमाडौं नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको २.७ किलोमिटर लामो हुनेछ। उक्त सुरुङमार्ग ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ।

यस सुरुङमार्गले उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहज बनाउने छ। उपत्यका भित्रने र बाहिरिने सवारी सधानको लामो जाम हट्ने विश्वास छ भने यो मार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्मको सडक चारकिलोमिटरको दूरी घट्ने छ।

एक महिनाअघि सुरुङमार्ग निर्माणको लागि नेपाल सरकारको तर्फबाट सडक विभाग र जापानी निर्माण कम्पनी हाज्माआन्द्रोबीच सम्झौता भएको थियो।

टुटेपाखादेखि सिस्नेखोलासम्मको दुरीमा दुई वटा सुरुङमार्ग निर्माण गरिने छ। तीन लेनको सुरुङमार्गमा सवारी साधन चलाइने छ। सुरुङमार्ग सँगै ठाउँ–ठाउँमा आवश्यकता अनुसार फ्लाइओभर, ओभरपास र सडक निर्माण गरिनेछ।

सुरुङमार्ग निर्माणमा १३ अर्ब ५० करोड खर्च हुनेछ। निर्माण कम्पनीसँग उक्त बजेटमा सम्झौता भएको छ भने यसको अनुगमन खर्च भन्दै झन्डै एक अर्ब रुपैयाँ छुट्याइएको विभागले जनाएको छ।

सुरुङमार्ग निर्माणको लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण दिएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको