काठमाडौं नागढुंगाा सुरुङमार्ग निर्माण शिलान्यास आज हुँदै छ। जापान सरकारको सहयोगमा निर्माण हुने यस सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ।

यो सुरुङमार्ग काठमाडौं नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको २.७ किलोमिटर लामो हुनेछ। उक्त सुरुङमार्ग ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ।

यस सुरुङमार्गले उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहज बनाउने छ। उपत्यका भित्रने र बाहिरिने सवारी सधानको लामो जाम हट्ने विश्वास छ भने यो मार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्मको सडक चारकिलोमिटरको दूरी घट्ने छ।

एक महिनाअघि सुरुङमार्ग निर्माणको लागि नेपाल सरकारको तर्फबाट सडक विभाग र जापानी निर्माण कम्पनी हाज्माआन्द्रोबीच सम्झौता भएको थियो।

टुटेपाखादेखि सिस्नेखोलासम्मको दुरीमा दुई वटा सुरुङमार्ग निर्माण गरिने छ। तीन लेनको सुरुङमार्गमा सवारी साधन चलाइने छ। सुरुङमार्ग सँगै ठाउँ–ठाउँमा आवश्यकता अनुसार फ्लाइओभर, ओभरपास र सडक निर्माण गरिनेछ।

सुरुङमार्ग निर्माणमा १३ अर्ब ५० करोड खर्च हुनेछ। निर्माण कम्पनीसँग उक्त बजेटमा सम्झौता भएको छ भने यसको अनुगमन खर्च भन्दै झन्डै एक अर्ब रुपैयाँ छुट्याइएको विभागले जनाएको छ।

सुरुङमार्ग निर्माणको लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here