कार्यभार सम्हाल्दै कुलमान घिसिङले के – के भने ? (भिडियोसहित)

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन्।

आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे।

यसअघि गर्न बाँकी रहेका कामहरु आफ्नो दोस्रो कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए। ‘कसैको पनि कुरा काट्ने र टिकाटिप्पणी गर्नेभन्दा पनि आफ्नो काम अगाडि बढाउनेबारे सोच्नेछौं’ उनले भने।

आफूसामू धेरै चुनौति रहेको उल्लेख गर्दै उनले प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आम सर्वसाधारणको अपेक्षाले गर्दा ती चुनौतिको जोखिम लिएको टिप्पणी गरे। सरकारको कार्यायोजनाअनुसार नेपालको उर्जा क्षेत्रलाई आफूले नयाँ ‘हाइट’ दिने उनले प्रतिवद्धता जनाए।

प्राधिकरणले जनताका गुनासो सुनेर दिने सेवालाई अझ राम्रो बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, शहरी क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउन्डिङ गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

‘शहरलाई पोलरहित, ताररहित बनाउन सडक विभाग लगायत सबैसँग मिलेर कार्यान्वयनमा जानुपर्नेछ’ उनले भने। ट्रान्समिसन लाइनको अभावमा बिजुली खेर जाने अवस्था आउन नदिने उनले बताए।

बुटवल– गोरखपुर ट्रान्समिसन लाइन निर्माणका लागि मन्त्रिपरिषदबाट स्वीकृति भइ आएकोले त्यो काम तत्काल अघि बढाउने उनले प्रतिबद्धता जनाए।

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई व्यवहारिक रुप दिनका लागि अपर अरुण, चैनपुर सेती, तामाकोसी ५ जस्ता आयोजना छनौट गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए।

निजी क्षेत्रसँग गरिने पिपिईका सम्वन्धमा पनि नयाँ मोडलबाट अघि बढाइने उनले बताए। १–२ वर्षभित्र सबै क्षेत्रमा बिजुली पुर्याउन पहल गरिने उनले बताए।

बिजुली उत्पादन मात्रै नभई खपत पनि सँगै बढाउँदै जानुपर्ने भन्दै उनले भारत र बंगलादेशसँग बिजुली निर्यातका लागि पहल गर्नैपर्ने आवश्यकता औंल्याए।

साथै उनले आफूले लिएका जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्न सबै कर्मचारीहरुलाई आग्रह गरे। यसअघि प्राधिकरणका कर्मचारीहरुले आफूलाई गरेको सहयोगको पनि उनले तारिफ गरे।

पहिलो कार्याकाल समाप्त भएको ११ महिनापछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई प्राधिकरणमा ल्याएको हो।

४ वर्षका लागि कार्यभार सम्हाल्दै गर्दा कुलमानसामु चुनौतिहरु छन्। प्राधिकरणको तथ्यांकअनुसार हाल १७ प्रतिशत विद्युत चुहावट हुने गरेको छ। यो चुहावट घटाउनुपर्ने चुनौति कुलमानसामु छ।

त्यस्तै डेडिकेटेड र ट्रंकलाइनको शुल्क उठाउने अर्को चुनौति छ। डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएका उद्योगी व्यवसायीले शुल्क नतिर्ने चेतावनी दिँदै आएका छन्। नियमविपरित प्राधिकरणले शुल्क तिर्नका लागि ताकेता गरेको व्यवसायीको आरोप छ।

यसलाई कुलमानले कसरी समाधान गर्छन् भन्ने चासो छ। डेडिकेटेड र ट्रंकलाइनको सुविधा उपभोग गरेवापत प्राधिकरणले १५ अर्बभन्दा बढी रकम उठाउनुपर्नेछ।

त्यस्तै गत आर्थिक वर्ष प्राधिकरणको नाफा अघिल्लो वर्षको तुलनामा करिब ८ अर्बले घटेको छ। उठ्नुपर्ने शुल्क उठाएर चुहावट घटाउन सकेमा नाफामा सुधार आउने नै छ।

विभिन्न ट्रान्समिसन लाइन विस्तारका समस्या छन्। कतिपय लाइनमा जग्गा प्राप्तीको समस्या छ भने कतिपयमा बनकटानीको समस्या र स्थानीयको सहमति लिनुपर्नेछ।

विद्युत उत्पादनपछि त्यसको खपतका लागि बजारको व्यवस्थापन गर्नुपर्ने चुनौति छ। मेहनतीपूर्वक यसअघि कुशल नेतृत्व दिएका कुलमानले पक्कै यी चुनौतिहरुको समाधान गर्न सफल हुनेछन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको