महाधिवेशन सार्ने पक्का : देउवा र पौडेलबीच भयो यस्तो सहमति, कहिलेलाई तोकियो मिति ?

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।

महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक-फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए । उनले रातोपाटीसँग भने, ‘भोलि साउन २८ गते हुँदैछ । भदौ १६ मा महाधिवेशन हुने कुरा त भएन । तर, अब वडा अधिवेशन कहिले सुरु गर्ने भन्नेमा विषयमा सहमति भएको छैन । यसमा फरक मत छ ।’

यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने रिजालले बताए । विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ ।

​ यस्तै काँग्रेस वरिष्ठ पौडेलले असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुपर्ने बताए । उनले भने, ‘क्रियाशील सदस्यता टुंगो नलागेकाले केन्द्रीय सदस्यको एजेण्डा अन्योलमा छ । महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका पनि अन्योलमा छ । क्रियाशील सदस्यताको विवाद टुंगो नलगाई कार्यतालिका र निर्देशिका आउन सक्दैन । किनभने निर्देशिकामा क्रियाशील सदस्य संख्याको अनुपात भन्ने कुरा छ, क्रियाशील सदस्यता टुंगो नलगाई कति अनुपात भन्ने ? समस्या छ ।’

पौडेलले भने, ‘दशैं अगाडि महाधिवेशन सक्नैपर्छ । विधानलाई हेला गर्न पाइँदैन । संविधानलाई उपेक्षा गर्ने पाइँदैन ।’

क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर मात्र सोहीअनुसार नयाँ कार्यतालिका ल्याउनुपर्ने पौडेलले बताए । उनले भने, ‘कार्यतालिका मात्र ल्याएर क्रियाशील सदस्यता टुंगिएन भने त्यो कार्यतालिकाले पनि पहिलेकै जस्तो हावा खान्छ I पहिलेको कार्यतालिकाले जसरी हावा खाएर कार्यान्वयन हुन सकेन । क्रियाशील सदस्यता​ नटुंग्याई कार्यतालिका ल्याइए यो पनि त्यही अवस्थामा पुग्छ । क्रियाशील सदस्यता टुंग्याएपछि मात्र कार्यतालिको अर्थ हुन्छ ।’

तर, महामन्त्री पूर्णबहादुर खड्काले भने विहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेस हुने बताए । उनले भने, ‘भोलि कार्यतालिका र निर्देशिका पेस हुन्छ । निर्देशिकाको काम गर्ने साथीहरु लागिराख्नुभएको छ ।’

९९ प्रतिशत क्रियाशील सदस्यता विवाद टुंगिएकाले महाधिवेशन कार्यतालिका ल्याउने खड्काको दाबी छ । उनले भने, ‘कार्यतालिकाबारे आज छलफल भए पनि भोलि बैठक अगाडि छलफल गरेर कार्यतालिका पेस हुन्छ ।’

खड्काका अनुसार निर्वाचन समितिले मागेको समय अनुसार कार्यतालिका हेरफेर हुन्छ । ‘निर्वाचन समितिले वडा अधिवेशनदेखि महाधिवेशन गर्ने मागेको समयलाई आधार बनाएर महाधिवेशनको नयाँ कार्यतालिका मैले पेस गर्छु,’ खड्काले भने ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सदस्यको सूची प्राप्त गरेको ५६ दिनमा वडा अधिवेशनदेखि महाधिवेशन गर्न सकिने बताए । उनले भने, ‘हामीले ५६ दिनको समय मागेका छौं । निर्वाचन समितिको धेरै काम हुन्छ । ५६ दिन त चाहिन्छ नै । किनभने वडामा क्रियाशील सदस्यताको सूची पाएको २० दिनपछि मात्र वडा अधिवेशन गर्न सकिन्छ ।’

उनका अनुसार केन्द्रीय समितिबाट अनुमोदन भएपछि निर्देशिका छापेर देशभर वितरण गर्नुपर्छ । निर्वाचन प्रतिनिधि खटाउँदा जनसंख्याका हिसाबले प्रतिनिधित्व हुने भनिए पनि त्यसको डाटा तयार हुन सकेको छैन । त्यसका लागि पार्टी विधानका केही बुँदामाथि बाधा अड्काउ फुकाउको निर्णय लिनुपर्नेछ । त्यसको मस्यौदा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । निर्वाचन समितिका अनुसार त्यो काम पनि हुन सकेको छैन । निर्वाचन समितिले विभिन्न प्रमाणपत्र र डकुमेन्टको व्यवस्थापन गरी छाप्ने काम हुन बाँकी छ ।

अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन । ७७ जिल्लाबाट प्रत्येक वडाका लागि मतदान अधिकृत तोक्ने काम बाँकी छ । आफूहरुले उक्त काम गर्न २० दिन समय चाहिने यादवले बताए ।

काँग्रेसको महाधिवेशनको तयारी र सरकारमा पठाउने मन्त्रीहरुका विषयमा छलफल गर्न विहीबार केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको