सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ।

हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा सिन्धुलीमाढीमा सञ्चालन गरिएको उक्त तालिम शुक्रबार एक कार्यक्रमबीच समापन गरिएको हो। तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ३० जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा बोल्दै हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले लोकतान्त्रिक समाज निर्माणमा जिम्मेवार, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले पत्रकारहरूको क्षमता विकास तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आगामी दिनमा पनि स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूलाई खोजमूलक रिपोर्टिङ तथा डिजिटल सामग्री उत्पादनमा सक्षम बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो। तालिमका क्रममा वरिष्ठ पत्रकार शिव गाउँलेले खोज पत्रकारिताको अवधारणा, अनुसन्धान प्रक्रिया, सूचना सङ्कलनका विधि तथा व्यावहारिक चुनौतीबारे प्रशिक्षण दिनुभएको थियो।

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) का केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तले फोटो तथा भिडियो सम्बन्धी र फोटो पत्रकारिताका आधारभूत सिद्धान्त, समाचार फोटो खिच्ने तरिका, फोटो संरचना तथा क्याप्सन लेखनबारे प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा एनएफपीजे नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले पनि प्रशिक्षणको भूमिका निर्वाह गर्नुभएको थियो। यस्तै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाका सचिव प्रेम थापाले भिडियो निर्माण, सम्पादन तथा डिजिटल सामग्री प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको