१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ – सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन गर्नु अगाडि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मा दिइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव रहेकी चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयमा रहेका डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ । पुस्करले ‘चेन अफ कमाण्ड’ मिचेर प्रधानमन्त्री शाहलाई एसएमएस गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले गत बिहीबार ७ घण्टा नियन्त्रणमा लिएर केरकार गरेको थियो ।

नेपाल ट्रस्टको कार्यालयमा रहेकी प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरन्जिवी चटौतलाई सरुवा गरेर नेपाल ट्रष्टको कार्यालयमा पुर्‍याइएको छ ।

जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पुर्‍याइएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाले सचिव घिमिरे निलम्बनमा परेका हुन् । आयोगले पर्यटन मन्त्रालयमा सहसचिवका रूपमा काम गर्ने बेलामा घिमिरे कर छुटसम्बन्धी अनियमिततामा संलग्न भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको सचिवमा सरुवा गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन् ।

सरुवा भएका सचिवहरूले पत्र बुझिसकेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले कार्यसञ्चालन नियमावली ल्याउँदै मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ मा झारिएको छ । त्यसपछि गाभिएका मन्त्रालयका सचिव सरुवामा परेका हुन् ।

मन्त्रालय घटाउँदा नाम परिवर्तन नभएका मन्त्रालयमा काम गरिरहेका सचिवहरूलाई भने त्यही मन्त्रालयमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

सिफारिस

हर्क साम्पाङमाथि ट्राफिकको कारबाही

काठमाडौं - नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही गरेको...

ऊर्जा मन्त्रालयमा एक सचिव मात्रै, दवाडीलाई पूर्ण जिम्मेवारी

काठमाडौं - सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमा अब एक जना मात्र सचिव रहने भएका छन् । सरकारले स्वीकृत...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित...

भर्खरै

ऊर्जा मन्त्रालयमा एक सचिव मात्रै, दवाडीलाई पूर्ण जिम्मेवारी

काठमाडौं - सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ।...

फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौं - सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस...

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत्...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

धेरै पढिएको