घर बनाउँदा घरधनीले जान्नै पर्ने न्युनतम प्राबिधिक मार्गदर्शन सार्वजनिक

चन्द्रमणि भट्टराई

काठमाडौं – काठमाडौंमा घर बनाउँदा घरधनीले जान्नै पर्ने न्युनतम प्राबिधिक बिषय राखेर तयार पारिएको मार्गदर्शन मंगलबार सार्वजनिक गरिएको छ । मार्गदर्शनलाई ‘सुरक्षित भवन निर्माणमा घरधनीकालागि उपयोगी मार्गदर्शन’ भनिएको छ । काठमाडौं महानगरपालिका, सिटिनेट योकोहामा र सिटि अफ योकोहामाको संयुक्त प्रयासमा तयार पारिएको मार्गनिर्देश महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, सिटीनेट योकोहामा परियोजना निर्देशक केन्द्र हिराता, योकोहामा सिटी अफिसका अन्तरराष्ट्रिय मामिला व्युरोका निर्देशक योको सुजुकी, महानगरको बिपद् व्यवस्थापन बिभागका प्रमुख अर्चना श्रेष्ठ, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

यो मार्गनिर्देश तयार पार्नु अघि भवन निर्माणसँग सम्बन्धित इञ्जिनियरहरुका ‘स्क्ट्रक्चर एण्ड सेस्मिक इन्जिनियरिङ्’ सम्बन्धि ८ वटा तालिम सञ्चालन गरिएका थिए । तीमध्ये ५ वटा नेपालमा र ३ वटा जापानमा चलाइए । महानगर र याकोहामा सहरवीच २०७३ असार १६ (सन् २०१६ जुन ३० तारिख) मा सम्पन्न सम्झौताका आधारमा चक्रिय तालिकामा चलाइएका तालिममा काठमाडौं उपत्यकामा भूकम्पले पारेको प्रभाव र पुननिर्माणका प्राथमिकताहरु, जापानको याकोहामा नगरको एकीकृत सहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौतीलगायतका बिषयमा कक्षा चलेका थिए । त्यस्तै जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचना सम्बन्धी व्यवस्था, विपद् क्षति न्युनीकरणकालागि सहरी तथा बास्तु योजना, भौतिक संरचनामा भारवहन विश्लेषण विधि, आरसि र स्टिल भवनमा भार ग्रहण क्षमता, ढलान गरिएको भवन र ढुङ्गाको गाह्रो भएका भवनहरुका सम्भावित जोखिम र तिनीहरुलाई सुरक्षित बनाउने विधि पनि तालिममा समेटिएका बिषय हुन् । यसरी चलेका तालिम, तालिमका क्रममा गरिएका भ्रमण अवलोकन र प्रचलित व्यवस्थालाई आधार बनाएर अहिले मार्गनिर्देश तयार पारिएको हो ।

मार्गनिर्देश सार्वजनिक गर्दै महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले — सुरक्षित बस्ती बिकासका लागि थालिएको पहिलो प्रयासलाई क्रमशः सुधार गरेर अघि बढ्ने बताउनुभयो । आन्तरिक अनुभव र बाह्य सिकाइबाट सहरका घरहरु बलियो बनाउने हाम्रो प्रयास हो । उहाँले भन्नुभयो — सिटिनेट याकोहामा र याकोहामा सिटीजस्ता सहयोगी साझेदारसँगको सहकार्यलाई थप मजवुत बनाएर नागरिकको जीवन सुरक्षालाई परिपक्व बनाउँदै लानेछौं । त्यस अवसरमा बोल्दै विपद् व्यवस्थापन बिभागका प्रमुख अर्चना श्रेष्ठले — मार्गनिर्देशले भवन निर्माण सम्बन्धि प्रचलित कानुनी व्यवस्थाका बारेमा जनसाधारणलाई बुझ्न सजिलो हुने धारणा राख्नुभयो । घर बनाउने बेला सामान्य प्राबिधिक कुरासमेत नजान्नाले घरधनीले जीवनभर कमाएको पैसा जोखिममा पर्न सक्छ । यो मार्गनिर्देश पढेपछि कम्तीमा घरधनीलाई अरुले झुक्याउन सक्दैनन् ।

बनाइने घर योकोहामा सिटी अफिसका अन्तरराष्ट्रिय मामिला व्युरोका निर्देशक योको सुजुकीले जापानको भवन निर्माण मापदण्ड र नेपालसँगको सम्बन्धका बिषयमा कुरा गर्दै भन्नुभयो — जापानभरि एउटै मापदण्डका आधारमा भवन निर्माण गरिन्छ । त्यहाँ निर्माण सामाग्रीको मापदण्ड पनि एउटै हुन्छ । तर, नेपालमा ठाउँअनुसार फरक पाइन्छ । यदि देशैभर एउटै प्रकारको मापदण्ड हुने हो भने भवन संहिता अनुगमन र नियमन गर्न सजिलो हुन्छ । यो एउटा राम्रो कामको थालनी भएको छ । यसलाई देशभरि प्रवर्धन गर्न सके धेरै मानिसले लाभ पाउँथे ।

सुरक्षित भवन निर्माणकालागि क्षेत्रीय ज्ञान र सीपको प्रवर्धनले इञ्जिनियरहरुको शैक्षिक ज्ञानको दायरा फराकिलो बनाएको बताउँदै कार्यक्रममा सम्पन्न तालिम सम्बन्धि प्रस्तुतिमा महानगरका सिभिल इञ्जिनियर ऋषिराम पुडासैनीले भन्नुभयो — तालिममा काठमाडौंसहित छिमेकी र बाहिरी जिल्लाबाट पनि नेपाली इञ्जिनियरहरुलाई सहभागी गराइएको थियो । यसरी तालिममा सहभागीको समग्र सोचबाट मार्ग निर्देश आएकोले यो सहरबासीलाई बढी उपयोगी हुनेछ ।

भवन निर्माण र मापदण्डका बिषय नबुझेका कारण धेरै नागरिकमा समस्या छ । कार्यक्रममा छलफल गर्दै वडा ७ की कार्यवाहक अध्यक्ष निर्मला पुडासैनी, वडा ५ का सदस्य उत्तम शर्मालगायत जनप्रधिनिधिले जनस्तरमा भवन निर्माणको छलफल चलाउनु पर्ने धारणा राख्नुभयो । नागरिक सचेत नभइ व्यवस्था प्रभावकारी नहुन सक्छ, छलफलमा बोल्ने क्रममा सूचना तथा सञ्चार बिभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्ग, भवन इजाजत बिभागका उपनिर्देशक गम्भीरलाल श्रेष्ठ र बीरबहादुर खड्काले प्राबिधिक बिषयलाई व्यवहारिक ज्ञानको बिषय बनाउँदै लानुपर्नेमा जोड दिनुभयो ।

के छ मार्गदर्शनमा

बिपद् व्यवस्थापन बिभागले जारी गरेको मार्गनिर्देशमा ४ अध्याय छन् । जसको पहिलो अध्यायमा परिचय, दोश्रोमा भवन निर्माण गुणस्तरका बिषयमा ध्यान दिनु पर्ने कुरा समेटिएका छन् । यसमा घर बनाउने सुरक्षित ठाउँ, कस्ता ठाउँमा घर बनाउनु हुँदैन? घर बनाउने ठाउँको माटो परीक्षण,भूकम्प प्रतिरोधी भवनका लागि उपयुक्त आकार प्रकार जस्ता बिषय समेटिएका छन् । तेश्रो अध्यायमा घर बनाउँदा गरिने हेलचेक्¥याइँ तथा गलत अभ्यासका बारेमा उल्लेख छ । यसमा सुरक्षित र असुरक्षित पिलर सिस्टम, जमिन मुनिको जग, सुरक्षित क्यानटिलिभर र असुरक्षित क्यानटिलिभर, सुरक्षित र असुरक्षित बिम, बिम र पिलरको सुरक्षित जोर्नी, झ्याल र ढोका राख्ने उपयुक्त ठाउँ, सिल, लिन्टलजस्ता बिषय राखिएका छन् । चौथोमा घर बनाउँदा अबलम्बन गर्नुपर्ने सुरक्षा व्यवस्थाका बारेमा उल्लेख छ । यसमा निर्माण सामाग्रीमा सिमेन्ट, बालुवा, रोडा, पानी, इटा र फलामे छडको गुणस्तर, निर्माण प्रक्रियामा इञ्जिनियरको भूमिका, निर्माण सुरक्षा र व्यवस्थाजस्ता बिषय समेटिएका छन् ।

विषय सुची
अध्याय १ ……………… परिचय

अध्याय २‘भवन निर्माणका क्रममा गुणस्तरमा ध्यान दिनुपर्ने
कुराहरु
१) भवन निर्माणमा माटो परिक्षणको विश्लेषणको महत्व
२) सुरक्षित भवनको लागि भवनको उचित आकार प्रकार
३) भवन निर्माणका क्रममा अपनाउनु पर्ने केही प्राविधिक
पक्षहरु
४) निर्माण सामग्रीका बारे सामान्य जानकारी
५) निर्माण प्रक्रियाको गुणस्तरमा इन्जीनियर को भूमिका

अध्याय ३‘..भवन निर्माणका क्रममा हुने हेल्चेक्र्याई तथा
गलत अभ्यास
१) गलत अभ्यासका केही उदाहरणहरु
असुरक्षित भवनका चित्रहरु ( तय दभ ष्लकभचतभम)

अध्याय ४ ‘..भवनको निर्माणमा अवलम्बन गर्नुपर्ने सुरक्षाका
व्यवस्था
१) भवन निर्माणका क्रममा अपनाउनु पर्ने केही सावधानी

अध्याय १
परिचय
करिब २५०० बर्षको इतिहास बोकेको काठमाडौं शहर ५०.६७ वर्ग कि.मी मा फैलिएको र ९,७५,४६३ जनसंख्या (सन् २०११को तथ्याङ्क) बसोबास गर्ने एक घना बस्ती भएको शहर हो । कला, संस्कृति र सम्पदा को लागि विश्वविख्यात र नेपाल को राजधानी समेत रहेको यो शहर वि.सं.२०५२ देखि महानगर को रुपमा स्थापना भएको हो ।

समुद्री सतह भन्दा १५०० मी. को उचाईमा अवस्थित नेपाल भूकम्पीय दृष्टिकोणले संसारका अति जोखिमपूर्ण क्षेत्र मध्ये एघारऔ स्थान मा पर्दछ। पृथ्वी को सतह भित्र संचित रहेको विशाल शक्ती यूरेशियन र इण्डीयन टेक्टोनिक प्लेट को पारस्परिक विस्थापन हुन खोज्ने कारणले बाहिरी सतह मा कम्पन भई यहाँ पटकपटक साना ठूला भूकम्प आइरहेको इतिहास मा उल्लेख गरिएका छन् । वि.सं. १९९० मा गएको महाविनाशकारी भूकम्पले काठमाडौंमा धेरै धनजन को क्षति भएको थियो। वि.सं. २०७२ बैशाख १२ गते गोरखा केन्द्र बिन्दु बनाई आएको ७.६ रेक्टर को ठूलो भूकम्प तथा त्यसका अनेकौं पराकम्पन हरु ले काठमाडौंमा ५६८ मानिसको ज्यान जानु का साथै धेरै पुराना भैसकेका तथा नयाँ भए तापनि कमजोर संरचनाका करीब ९००० घर हरु भत्किन पुगे।

भूकम्प स्वयम् ले मानिस को ज्यान लिंदैन । घना बस्ती, खुल्ला स्थान को अभाव तथा जोखीमपूर्ण संरचना ले भूकम्प बाट मानवीय क्षति हुन्छ । पर्याप्त स्टक्चर डिजाइन नगरिएको, निर्माण को क्रम मा आवश्यक प्राविधिक सुपरिवेक्षण नगरिएका असुरक्षित संरचना हरु भत्किन गई मानवीय र भौतिक क्षति हुन पुग्यो ।

तसर्थ सुरक्षित र भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न सबै घर धनी ले घर निर्माण गर्दा निर्माण सामग्री छनौट देखि लिएर घर सम्पन्न गर्दा सम्म अपनाउनु पर्ने सावधानी र सुरक्छाका व्यवस्था लगायत अन्य ध्यान दिनुपर्ने कुराहरु यस पुस्तिका मा सरल भाषामा समावेश गरिएका छन् ।

अध्याय २
भवन निर्माण को क्रम मा गुणस्तर बारे ध्यान दिनुपर्ने कुरा हरु
१) भवन निर्माणको लागि माटो परिक्षण किन जरूरी छ ?
२०७२ सालको विनाशकारी भूकम्पमा धेरै भवनहरु भत्किनु वा क्षति हुनुको एक मूल कारण उपयुक्त स्थान छनौट नगरिनु पनि हो िभवनको निर्माणमा उपयुक्त स्थान पत्ता लगाउन सो घडेरी वा क्षेत्रको माटोको (भौगोलिक) अवस्थाको बारे थाहा हुनु जरुरी हुन्छ ।

भवन निर्माणको लागि असुरक्षित स्थानहरु
ड्ड पानीको दलदल भएको स्थान
ड्ड धेरै भिरालो जमीन, ढुंगा खस्न सक्ने स्थान
ड्ड नदी र खोला किनारका स्थान
ड्ड कालो र कमजोर माटो भएको स्थान
ड्ड जमिनमा लामो र गहिरो चिरा देखा परेको स्थान
ड्ड अग्ला र जरा फैलने जातका रुख नजिकको स्थान

यस्ता स्थान हरुमा घर निर्माण गरेमा पर्ने नकारात्मक असरहरुः
ड्ड बाढी, पहिरोले घर बगाएर लग्ने ठूलो सम्भावना
ड्ड अग्ला रुख ढलेर घर भत्किने र जरा ले जग बिगार्ने सम्भावना
ड्ड जग बलियो नभई तरलिकरणको सम्भावना

माटोको परिक्षण अर्थात क्यष् ितभकत को महत्व यसप्रकार छन् –
ड्ड घर बनाउन योजना गरिएको उक्त ठाउ उपयुक्त छरछैन
ड्ड जगको उचित प्रकार र गहिराइ को बिष्लेषण गर्न
ड्ड घर को तल्ला र आकारको बिष्लेषण गर्न
ड्ड डण्डीको साइज र संख्या को अनुमान गर्न

काठमाण्डौ महानगरपालिका को भवन निर्माण इजाजत विभागले १०,००० वर्ग फिट भन्दा बढी क्षेत्रफल भएका भवनहरुको नक्शा स्वीकृति को लागि माटो परिक्षण अनिवार्य गर्नुपर्ने नियम लागु गर्दै आएको छ
ि

२) भूकम्प प्रतिरोधी भवनको लागि उचित आकार प्रकार

भूकम्प आएको बेला घर कसरी हल्लिन्छ भन्ने तथ्य को आधारमा घर बढी बलियो र सुरक्छित बनाउन घरको उचित आकार प्रकार मा ध्यान दिएर डिजाइन गर्नुपर्छ ।
क) उपयुक्त आकार र अनुपात अनुचित आकार र अनुपात
घर को लम्बाई त्यसको चौडाईको घर को लम्बाई त्यसको चौडाईको
तीन गुणा भन्दा कम तीन गुणा भन्दा बढी
लम्बाई ? ३ ह् चौडाई लम्बाई श्र ३ ह् चौडाई

सुरक्षित संरचना को उपाय( धेरै लामो संरचना बनाउनु परेमा बीचमा जोर्नी राख्ने

घर को उचाई त्यसको चौडाईको घर को उचाई त्यसको चौडाईको
तीन गुणा भन्दा कम तीन गुणा भन्दा बढी
उचाई ? ३ ह् चौडाई उचाई श्र ३ ह् चौडाई
सुरक्छित संरचना को उपाय( अग्लो घर बनाउनु परे प्राविधिक बाट
क्तचगअतगचभ ब्लबथिकष्क गराई सो अनुसारको प्रविधिको प्रयोग गर्ने
ख) उपयुक्त आकार अनुचित आकार
अनुपात मिलेका बर्गाकार गोलाकार, ी, ऋ, क्ष् र त् – आकारका भवनहरु
चारपाटे भवन

सुरक्छित संरचना को उपाय( भूकम्प मा एक दिशाको भागले अर्को दिशाको भाग
लाई हानेर कुना फुट्न सक्ने हुँदा ी, ऋ, क्ष् र त् – आकारका भवनहरु निर्माण गर्दा
बीचमा ग्याप राखी छुट्टाछुट्टै ब्लक बनाउने

३) भवन निर्माणका क्रममा अपनाउनु पर्ने केही प्राविधिक पक्षहरु
३.१) सुरक्षित पीलर सिस्टम असुरक्षित पीलर सिस्टम
क) सबै पिलर एकै लाइन (ग्रिड)मा भई पिलर हरु एकै लाइन (ग्रिड)मा
सबै पिलर बीमले बाँधेको नभई जिक ज्याक भएको

हरेक बीम लाई पीलर ले बाँधेन
भने जोर्नी कमजोर हुन्छ ।
ख) जमीन मुनि जग को उपयुक्त लेभल मा जमीन माथी मात्र टाइ बीम
तथा जमीन माथी टाइ बीम अनिवार्य राखेको ।
रुप मा राख्नुपर्छ।

ग) जमीन मुनि जग को लागि कम्तीमा सबै पीलर जग बीम ले

५ फीट ह ५ फीट को डण्डी को जाली नबाँधेको
बनाई पीलर त्यसको बीचमा पर्ने गरी

१.५ फीट को स्लोप मा हात्तिपाइला ढलान
गर्नुपर्छ । सो हात्तिपाइला को ठीक माथी
सबै पीलर हरुलाई जग बीम ले बाँध्नुपर्छ ।

सुरक्छित संरचना को उपाय ( पीलर हरु बीच को दूरी १४’९” ( ४.५ मीटर भन्दा
बढी गर्नु परेमा सोही बमोजिम पीलर को साइज पनि बढाउनु पर्ने हुन्छ । तसर्थ
प्राविधिकद्वारा क्तचगअतगचब िब्लबथिकष्क गरि सो अनुसारको प्रविधिको प्रयोग गर्ने।
जमीन मुनि जगमा तथा जमीन माथी टाइ बीम राखेमा सबै पीलर बाँधिएर भूकम्प
मा पनि एक ढिक्का भएर हल्लिन्छ र भास्सिने सम्भावना कम हुन्छ ।

३.२) सुरक्षित क्यानटिलिभर असुरक्षित क्यानटिलिभर
३’३” भन्दा कम चौडाई भएको ३’३” भन्दा बढी चौडाई भएको
सुरक्छित संरचना को उपाय( ३’३” भन्दा बढी चौडाइका क्यानटिलिभर निर्माण
गर्नु परेमा प्राविधिक द्वारा क्तचगअतगचब िब्लबथिकष्क गरि सो अनुसारको प्रविधिको
प्रयोग गर्ने
३.३) सुरक्षित पीलर असुरक्षित पीलर
क) पीलर हरु बीच को दूरी १४’९” ( ४.५ मी) १२” ह् १२” भन्दा कम को
भन्दा कम तथा तीन तल्ला भन्दा कम उचाई पीलर
का भवनमा पीलर को साइज कम्तीमा
१२” ह् १२” को हुनुपर्छ ।
ख) कम्तीमा १६ मी.मी. को ४ वटा र १२ मी.मी. ४ वटा मात्र डण्डी हाली
को ४ वटा गरी जम्मा ८ वटा डण्डी हाल्नुपर्छ । बनाएको पीलर
ग) पीलर को डण्डी हरु लाई कम्ती मा ७ मी.मी. ४।४ इन्ञ भन्दा बढीको
को रीङले ४।४ इन्ञ को दूरीमा बाँध्नुपर्छ । दूरीमा रीङले बाँधेको पीलर
मोडिने रीङ को टुप्पो डण्डी को साइज (मोटाई)
को १० गुणा (३ इन्ञ) हुनुपर्छ र ४५ डिग्री मा
मोडेको हुनुपर्छ ।
घ) पीलर को डण्डी र पीलर को बाहिरी सतह पीलर को डण्डी र पीलर को
बीच (कभर) ४० मी.मी. हुनुपर्छ । बाहिरी सतह बीच (कभर)
४० मी.मी. नभएको
ड) तल्ला थप गर्दा वा डण्डी गाँस्नु परेमा डण्डीको डण्डीको गाँस को भाग पर्याप्त
साइज (मोटाई) को ६० गुणा हुनुपर्छ । नभएको
च) डण्डी गाँस्ने ठाउँ बीम बाट कम्ती मा २ फीट डण्डी गाँस्ने ठाउँ मा रीङ हरु
तल या माथी छोडी हुनुपर्छ ।साथै गाँस्ने ठाउँ मा नबाँधेको
रीङ हरु पनि ४।४ इन्ञ को दूरीमा बाँध्नुपर्छ ।

३.४) सुरक्षित बीम असुरक्षित बीम
क) बीम को भन्दा पीलर को साइज ३ इन्ञ बीम र पीलर को साइज एउटै
बढी हुनुपर्छ । भएको
ख) बीम को तल्लो तह को डण्डी बीम को कूल जथाभावी डण्डी गाँसेको बीम
लम्बाई को बीचको एक चौथाई भाग मा नपर्ने
गरी पीलर बाट २ फीट छाडी गाँस्नुपर्छ ।
ग) बीम को माथिल्लो तह को डण्डी बीम को कूल जथाभावी डण्डी गाँसेको बीम
लम्बाई को बीचको एक तिहाई भाग मा मात्र
पर्ने गरी गाँस्नुपर्छ ।
घ) डण्डी गाँस्ने भाग डण्डीको साइज (मोटाई) को गाँस को भाग पर्याप्त
६० गुणा हुनुपर्छ । साथै गाँस्ने ठाउँ मा नभएको
रीङ हरु पनि ४।४ इन्ञ को दूरीमा बाँध्नुपर्छ ।
ङ) बीम मा रीङ हरु राख्दा पीलरहरु बाट २ फीट समान दूरीमा रीङ हरु राखेको
सम्म ४।४ इन्ञमा र बीचमा ६।६ इन्ञ को दूरी बीम
मा राख्नुपर्छ ।
च) बीम को डण्डी र बीम को बाहिरी सतह बीम को डण्डी र बीम को
बीच (कभर) ४० मी.मी. हुनुपर्छ । बाहिरी सतह बीच (कभर)
४० मी.मी. नभएको

३.४) बीम र पीलर को सुरक्षित जोर्नी असुरक्षित जोर्नी
क) बीम का सबै डण्डीहरु पीलर को डण्डी बीम का डण्डीहरु पीलर को डण्डी
भित्र बाट जानुपर्छ । को बाहिर बाट गएको
ख) छेउ का पीलर हरु मा बीम को अन्त्य हुने बीम को माथिल्लो र तल्लो तहका
ठाउँमा बीम को माथिल्लो तहका डण्डीका डण्डीका टुप्पाहरु हरु पीलर बित्र नै
टुप्पाहरु तलतिर र तल्लो तहका डण्डीका अन्त्य गरिएको
टुप्पाहरु हरु माथि तिर एल ( ी) आकारमा
मोड्नुपर्छ ।

३.५) सुरक्षित स्ल्याब (छत) असुरक्षित स्ल्याब (छत)
क) स्ल्याब (छत) मा ःबष्ल द्यबच (मुख्य डण्डी)
र म्ष्कतचष्दगतष्यल द्यबच (सहायक डन्डी)
राख्नुपर्छ ।

ख) स्ल्याब (छत) ढलान को माथिल्लो र तल्लो
तहमा डण्डी बाँध्नुपर्छ । दुई तह लाई छुट्याउन

२.५ इञ्च उचाई को चेयर ( अजबष्च) राख्नुपर्छ ।
ग) स्ल्याब (छत) को डण्डी र स्ल्याब (छत) को स्ल्याब (छत) को डण्डी र
बाहिरी सतह बीच (कभर) १५ देखी २० मी.मी. स्ल्याब (छत) को बाहिरी
हुनुपर्छ । सतह बीच (कभर) १५ देखी
२० मी.मी. नभएको
घ) माथिल्लो तहका डण्डीहरु छेउको बीमबाट जथाभावी डण्डी राखेको
बीम को लम्बाई को १।६ भाग र बीचको स्ल्याब (छत)
बीमबाट १।३ भागमा राख्नुपर्छ भने तल्लो
तहका डण्डीहरु छेउको बीमबाट बीम को
लम्बाई को १।६ भाग र बीचको बीमबाट
१।४ भागमा राख्नुपर्छ ।
३.६) सिल । लिन्टल ब्यान्ड हुँदा सिल । लिन्टल ब्यान्ड नहुँदा
क) पीलर हरु बाट डण्डी निकाली झ्याल केवल झ्याल को तल माथी र ढोका
को मुनि र माथी ३ इञ्च ढलान गरी को माथी ढलान को पट्टी बनाएर
क्रमशः सिल र लिन्टल ब्यान्डले घर सुरक्षित घर बन्दैन ।
को भित्री र बाहिरी गारो लाई पीलर
सँग जोड्ने काम गर्छ । साथै ढोका माथी
पनि लिन्टल ब्यान्ड बनाई सुरक्षित घर
बनाउनुपर्छ ।

३.७) झ्याल ढोकाको उपयुक्त स्थान झ्याल ढोकाको अनुपयुक्त स्थान
झ्याल ढोका जस्ता खाली भागहरु कोठाको कुनामा पीलर सँग टाँसेको
कोठाको कुनाबाट कम्तीमा २ फीट को झ्याल ढोका
दूरीमा हुनुपर्छ ।
३.८) सुरक्षित संरचना असुरक्षित संरचना
घर को सबै तल्लामा समान रुपको पार्किङ को लागि जमीन तल्लामा
गारो र झ्याल ढोका जस्ता खाली गारो नलगाएको घरमा उक्त तल्ला
भागहरु भएको । अरु तल्ला भन्दा लच्किलो भई
भत्किने

उल्लेखित बुँदा हरु बाहेक यी कुरा हरु मा पनि ध्यान दिनुपर्छ ।
१) जग खन्दा माटो झर्ने अवस्था आएमा जगको छेउमा काठको पाता ठोकी काम गर्नुपर्छ।
२) जगमा माटो भर्दा प्रत्येक ६ इञ्च को तहमा राम्ररी माटो सम्याएर ( अयmउबअतष्यल)
मात्र गर्नुपर्छ ।
३) पीलर, बीम, स्लाब को लागि राखिने फर्मा नयाँ, बलियो र सम्म परेको सतह भएको
हुनुपर्छ। फर्मा को टेको लगाउनुपरेको अवस्थामा बलियो भएन भने ढलान बाङ्गिने
डर हुन्छ ।
४) ढलानको लागि मिस्रण बनाउँदा सिमेन्ट, बालुवा र गिट्टीको अनुपात मिलेको हुनुपर्छ।
कम्तीमा सिमेन्ट १ भाग, बालुवा १.५ भाग र गिट्टी ३ भाग ( अर्थात् १स् १.५स् ३)
को अनुपातमा मसला बनाउनुपर्छ । यो भन्दा कमजोर मसला बनाउनु हुँदैन ।
५) भाइब्रेटर प्रयोग गर्दा बीम र पीलरको जोर्नी मा बिशेष ध्यान दिनु जरुरी छ ि
बीम ,पीलर मा भाइब्रेटर चलाउँदा ठाडो र बलनगबिच पोजिसनमा लगाउदा उचित
हुन्छ भने स्लाबमा ठाडो बलनगबिच र तेर्सो गरि समेत लगाउन सकिन्छ ि
६) ढलान गरेपछि यसलाई ७ देखि १० दिन सम्म चिसो पारी राख्नुपर्छ अर्थात् अगचष्लन
गर्नुपर्छ । पीलर हरुमा भिजेको जुट को बोरा ले बेरेर राख्नुपर्छ ।
७) एकैपटक ढलान हुन नसक्ने भए इन्जिनियर को परामर्श मा जोर्नी अर्थात्
अयलकतचगअतष्यल वयष्लत राख्नुपर्छ ।

४) निर्माण सामग्री बारे सामान्य जानकारी

काठमाडौ महानगरपालिका क्षेत्र भित्र हाल आर. सी. सी. अर्थात् सिमेन्ट ढलान गरी
भवन निर्माण गर्ने परम्परा आएको देखिन्छ । आवासीय घर हरु मा पुरानो परम्परागत
निर्माण सामग्री र प्रविधि प्रयोग गर्ने चलन क्रमशः हराउँदै गएको छ । तर आधुनिक
प्रविधि प्रयोग गर्दैमा बलियो र भूकम्प प्रतिरोधी घर बन्छ भन्ने धारणा गलत हो । भवन

निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्री को गुणस्तर ले भवन स’रचना को दिगोपन मा

ठूलो भूमिका खेल्छ ।
आर. सी. सी. भवन निर्माण मा प्रयोग हुने सामग्री हरु यी हुन् –
१) सिमेन्ट २)बालुवा ३) रोडारगिट्टी ४) पानी ५) फलामे छड (डण्डी) ६) इँटा
यी सामग्री हरु को गुणस्तर मा ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार छन् –
१) सिमेन्ट को गुणस्तर (
सामान्यतया बजारमा ओ.पी.सी., पी.पी.सी., छिटो जम्ने, ढिलो जम्ने, सेतो सिमेन्ट
पाइन्छ । यी सबै खालका सिमेन्टहरु गुणस्तर चिन्ह प्राप्त हुनुपर्छ ।
क) ताजा र सामान्यतया उत्पादन मिति बाट २ महिना ननाघेको
ख) सेट नभएको वा डल्ला नपरेको

२) बालुवा को गुणस्तर (
क) सफा र दानादार
ख) जैविक पदार्थ र फोहोर नमिसिएको
ग) चिसोपन अर्थात पानीको मात्रा नभएको
घ) टल्कने खालका पदार्थ (mष्अब) नमिसिएको
ङ) हातमा बालुवा लिएर मुठ्ठी बनाएर मुठ्ठी खोल्दा हातमा माटो जन्य पदार्थ क्ष्ति र
ऋबिथ(माटो) नमिसिएको
३) रोडा र गिट्टी को गुणस्तर (
क) ढुंगा खानी वा खोलाको ढुंगा कुटेर तयार गरिएको कडा र कोणात्मक आकारको
ख) गोलाकार, लाम्चो, पातलो आकार नभएको र चिल्लो सतह नभएको
ग) जैविक पदार्थ तथा फोहोर नमिसिएको
घ) ४ इञ्च मोटो ढलान को लागि ३।४ इञ्च भन्दा सानो
ङ) २ देखि ४ इञ्च मोटो ढलान को लागि १। २ इञ्च भन्दा सानो
४) पानी को गुणस्तर –
क) सकेसम्म पिउन योग्य पानी
ख) सफा र तेल, अम्लीय पदार्थ र जैविक पदार्थ नमिसिएको
५) फलामे छड (डण्डी) को गुणस्तर –
क) आवश्यक गुणस्तरको र उत्पादक कम्पनी को छाप भएको
ख) एकनास को मोटाई वा व्यास भएको
ग) खिया नलागेको, पूरै लम्बाईमा चिरा नपरेको
घ) तेल, ग्रीज नलागेको
ङ) बङ्ग्याउँदा नभाँचिने
६) इँटा ( धेरैजसो प्रचलन मा चिम्नी भट्टामा पोलेको) को गुणस्तर –
क) चलनचल्ती को इँटा को नाप – ९ इञ्च ह् ४(१।४ इञ्च ह् २(१।८ इञ्च
ख) राम्ररी पाकेको र सबैतिर एकैनासको रातो रङ्ग भएको
ग) एकैनासको आकार, साइज र चिल्लो सतह भएको
घ) दुइटा इँटा आपसमा ठोक्काउदा धातुको जस्तो गुन्जिने आवाज आउने
ङ) इँटामा नङले कोतार्दा नकोरिने
च) इँटालाई एक मिटरको उचाईबाट खसाउँदा नफुट्ने
छ) २४ घण्टा पानीमा भिजाउदा इटाको तौल २५५ भन्दा बढ्न नहुने
५) निर्माण प्रक्रियाको गुणस्तरमा इन्जीनियर को भूमिका
भवन निर्माण कार्य मा निर्माण सामग्री को गुणस्तर बाहेक निर्माण पूर्व र निर्माण
को क्रम मा पनि धेरै कुरामा ध्यान दिनुपर्छ । यसको लागि प्राविधिक सरसल्लाह
र सुपरिवेक्छण को ठूलो महत्व छ ।
कुनै पनि घर निर्माण गर्नु पहिले जग्गा को स्थान र प्रक्रृति हेरी प्रचलित भवन निर्माण
मापदण्ड तथा राष्ट्रीय भवन संहिता पालना गरी घर धनी को आवश्यकता बमोजिम
उचित डिजाइन अनुसार को नक्शा तयार गर्ने जिम्मेवारी इन्जिनियर को हुन्छ ।
हाल काठमाडौं महानगरपालिकाले १०,००० वर्ग फीट भन्दा ठूलो भवन को नक्शा
पास प्रक्रियामा काठमाडौं महानगरपालिका मा गठित प्राविधिक विग्य समिति को
सिफारीस अनिवार्य गरेको छ ।
स्वीकृत आर्किटक्चरल र स्ट्रक्चरल नक्शा बमोजिम चरणवद्ध रुपमा इन्जिनियर
द्वारा निर्माण सामग्री र निर्माण प्रक्रिया को गुणस्तर को निरीक्छण ले निर्माण क्रम मा
हुने सानाठूला त्रुटी हरु समाधान भई बलियो घर निर्माण को सुनिश्चिता दिन्छ ।
जस्तै – जग, डि.पी.सी (टाइ बीम), पिलर, बिम र स्लाबको डण्डी बाँध्ने र ढलान गर्ने
समयमा प्राविधिक स्पेसिफिकेशन अनुसार भएको छ वा छैन, ढलान गर्न बनाएको
मसला ( मिस्रण) ठीक छ वा छैन, आवश्यक सुरक्छा का उपाय अपनाएको छ वा छैन
भन्ने बारे निर्माण कर्मी र घर धनिलाइ आवश्यकता अनुसारको परामर्स दिनेमा
इन्जिनियरको ठूलो भूमिका हुन्छ ।

अध्याय ३
भवन निर्माणका क्रममा हुने हेल्चेक्र्याई तथा गलत अभ्यासहरु

१) गलत अभ्यासका केही उदाहरणहरु
असुरक्षित भवनका चित्रहरु

अध्याय ४
भवनको निर्माणमा अवलम्बन गर्नुपर्ने सुरक्षाका व्यवस्था

भवन निर्माणका क्रममा अपनाउनु पर्ने केही सावधानी
भवन निर्माण कार्यको सिलसिलामा धुलो, विभिन्न किसिमका रसायन , ठूला तथा
जोखिमपूर्ण औजार वा साधन प्रयोग गर्नु पर्ने हुँदा सावधानी अपनाउनु जरुरी देखिन्छ र
यसको जिम्मेवारी घर धनी ,निर्माण व्यवसायी र निर्माण कर्मीहरु सबैको हुन्छ ।

निर्माण सुरक्षाका लागि आवश्यक व्यवस्थाहरु स्
१) आकस्मिक बाटो अर्थात् झभचनभलअथ चयगतभक तथा भित्र जाने र बाहिर निस्किने
बाटो प्रष्ट रुपमा राख्ने । भवन निर्माणको क्रम मा यातायात व्यवस्था लाई असर पर्ने
भएमा सोही अनुसार ट्रैफिक रुट को व्यवस्था गर्नुपर्छ ।
२) भवन निर्माण स्थल मा निर्माण अवधिभरी संभावित दुर्घटना लाई ख्यालमा राखी
प्राथमिक उपचार का सामान को ब्यवस्था गरी सो सम्बन्धमा निर्माण कर्मीलाई
३) जानकारी समेत गराउनुपर्छ । निर्माणकर्मी हरु बीच राम्रो संचार कायम गर्नुपर्छ ।
४) निर्माणकर्मी लाई धूलो बाट बच्न सेफ्टी चश्मा, हातखुट्टा बचाउन पन्जा र बुट,
बिभिन्न सामान खस्न बाट बच्न सेफ्टी हेल्मेट अनिवार्य रुपमा उपलब्ध गराउनुपर्छ ।
६ मी. भन्दा अग्लो उचाईमा काम गर्नुपरेमा सेफ्टी बेल्ट पनि उपलब्ध गराउनुपर्छ ।
५) निर्माण स्थल लाई आवश्यक बार, जस्तापाता लगाई घेर्नुपर्छ ।
६) आवश्यक स्थानमा सुरक्षा र सावधानी सम्बन्धी साइन बोर्ड राख्नुपर्छ ।
७) अग्निजन्य पदार्थ भण्डारण गर्नुपरेमा निर्माण स्थल बाट टाढा राख्नुपर्छ ।
८) निर्माण सामग्री पैदल यात्रु हरु हिंड्ने बाटोमा थुपार्नु हुँदैन।
९) संभावित आगलागी बाट बच्न अग्नी नियन्त्रण सामाग्री तयारी अवस्थामा राख्नुपर्छ ।
१०) उचाईमा काम गर्नुपर्दा बलियो धयचपष्लन उबितायचm बनाउनुपर्छ ।
११) कार्यस्थल बाट निस्किने फोहोर को उचित व्यवस्थापन गर्नुपर्छ ।
१२) रातीको समयमा काम गर्नुपरेमा पर्याप्त बत्ती को साथै सुरक्छा को पनि
व्यवस्था गर्नुपर्छ ।
१३) निर्माणकर्मी हरुको दुर्घटना वीमा को व्यवस्था गर्नुपर्छ ।
साइट सुपरिचेक्छक ले दैनिक रुपमा सुरक्षा स्थिति को अवलोकन गर्नुपर्छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको