सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ।

वैशाख २८ गतेबाट सुरु भएको उक्त कार्यक्रममा विभिन्न मिडियामा कार्यरत २९ जना पत्रकारहरूलाई समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी राजाराम बस्नेतले  प्रमाणपत्र प्रदान गर्नुभयो।

सोही अवसरमा विगत लामो समयदेखि काठमाडौं तथा आसपासका जिल्लाहरूमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका पाँच वटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूलाई नेपाली सेनाका विविध गतिविधि, जिम्मेवारी तथा कार्यप्रणालीबारे जानकारी गराइएको थियो। साथै विपद् प्रतिकार्य, राष्ट्रिय सुरक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

नेपाली सेनाका अनुसार यस्ता कार्यक्रमले देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा थप सहजता र स्पष्टता प्रदान गर्ने विश्वास लिइएको छ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको