एकीकृत समाजवादीमा लागेका को-को सांसद पुगे एमाले संसदीय दलको बैठकमा ?

काठमाडौँ – नेकपा (एमाले)को आज बसेको संसदीय दलको बैठकमा नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्न गएकी सांसद् माया ज्ञवाली पनि उपस्थित भएकी छन् । उनी नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख स्व.जीवराज आश्रितकी धर्मपत्नी हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बसिरहेको छ ।

यस्तै नेकपा एमालेको उपाध्यक्षलगायत जिम्मेवारीबाट राजीनामा गरेका वामदेव गौतमकी पत्नी तुलसा थापा एमाले संसदीय दलको बैठकमा सहभागी हुने भएकी छन् ।

एमाले छाडेर समाजवादी पार्टीमा लाग्ने तयारी गरेकी थापाले भदौ ९ गते सनाखत गर्न पाएकी थिइनन् ।

बुधवार बस्ने एमाले संसदीय दलको बैठकका लागि थापा संसद् भवन नयाँ बानेश्वर पुगेकी छन् । राष्ट्रिय सभामा एमाले सांसद कोमल वलीले सांसद थापा संसदीय दलको बैठकमा सहभागी हुन आएको भन्दै संसद्को ल्होत्से हलमा थापासहित उभिएर फोटो राखेकी छन् ।

बैठकमा पार्टीका उपाध्यक्ष सांसद् भीम रावलले नेकपा एमाले पार्टीको एकता र एमसीसीबारे बैठकमा विचार व्यक्त गरेका थिए ।

सो बैठकमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आजदेखि सुरु हुने संसद्को अधिवेशनमा नेकपा एमाले पार्टीको भूमिकाबारे पार्टीको धारण प्रस्तुत गरेका थिए ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको