रामेछापमा बोलेरो दुर्घटना : घाइते भएका ५ जना मध्ये १ को मृत्यु

रामेछाप – रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा शनिबार भएको बोलेरो दुर्घटनामा घाइते भएका ५ जना मध्ये एक जनाको मृत्यु भएको छ।

शनिबार  प्रदेश ३ ०१–०२४ च १४४० नम्बरको डबल क्यापको बोलेरो दुर्घटना भएको थियो । दुर्घटनामा परी एक जनाको ज्यान गएको हो ।

बेथानबाट आइतबार हुने नेपाली कांग्रेसको १४ औं अधिबेसनको लागि हिलेदेवि जाँदै गरेको बोलेरो दुर्घटनामा परी ४६ वर्षिय शारदा खत्रीको ज्यान गएको हो । खत्रीको उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

उक्त दुर्घटनामा परी नेपाली कांग्रेसका उपसभापती जितेन्द्र मोक्तान मेग बहादुर खत्री, जेपी गौतम र बोलेरोका चालक रामकुमार तामाङ घाइते भएका छन् । घाइते मध्य जे.जि गौतम भने अस्पतालबाट डिस्चार्ज भएको र अन्य तीन जनाको उपचार भइरहेको प्रहरी जनाएको छ।  उनीहरूको अवस्था समान्य रहेको छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको