गठबन्धन बैठकमा नेताहरुबीच भयो यस्तो सहमति

काठमाडौं – राजनीतिक दलसम्बन्धी अध्यादेश एक-दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको हो ।

जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवका अनुसार शीर्ष नेताहरुले भोलिसम्ममा सबै विषय टुंगो लगाउने सहमति भएको छ । ‘मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा अब ढिलो गर्न नहुने भन्ने सहमति भएको छ,’ उनले भने ।

मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्‍याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत भएको उनको भनाई छ । भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने उपेन्द्र यादव पक्षको अडान छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादी र जसपा तत्काल सरकारमा सहभागी नहुने स्थिति भए कांग्रेस र माओवादी केन्द्रको भागमा पर्ने मन्त्रालयमा मन्त्री नियुक्त गरेर अघि बढ्न खोजेका थिए ।

आजको बैठकमा नेताहरूबीच मन्त्रालय भागबन्डा लगायतको विषयमा पनि कुराकानी भएको भन्दै भोलि नै धेरै कुरा टुंगिने नेता यादवले बताए ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको