काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा शुक्रबार १०६६ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा पीसीआर र एन्टिजिन विधबाट गरी १३ हजार ३६८ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
१० हजार ११३ जनाको पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ जनाको एन्टिजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।