भाग्यमानी प्रेम आले : पाए मागेको मन्त्रालय, पार्टीमा पनि महत्त्वपूर्ण जिम्मेवारी

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले भाग्यमानी ठहरिएका छन् । उनले मागेको मन्त्रालय पाए । पर्यटनमा आउने उनको चाहना थियो र पाए ।

नेकपा एसमा पनि उनले मागेको जिम्मेवारी पाएका छन् । सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज पाएका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी ३ मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् । विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठले कुनैपनि फाँट या विभाग हेर्ने जिम्मेवारी पाएनन् । तर, आलेलाई सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज समेत दिइएको छ ।

यसैगरी, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि तेह्रथुम जिल्ला इन्चार्ज पाएका छन् । उनी तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । त्यहाँ उनी लोकप्रीय छन् ।

झाँक्रीसहित तीन मन्त्रीलाई पार्टीमा विभागीय जिम्मेवारीविहीन बनाइएको हो । गत बिहीबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि–२) जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । जसमा तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकासमन्त्रीरामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

तर एक मन्त्री र एक राज्यमन्त्रीले भने पार्टीमा थप जिम्मेवारी पाएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको