भाग्यमानी प्रेम आले : पाए मागेको मन्त्रालय, पार्टीमा पनि महत्त्वपूर्ण जिम्मेवारी

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले भाग्यमानी ठहरिएका छन् । उनले मागेको मन्त्रालय पाए । पर्यटनमा आउने उनको चाहना थियो र पाए ।

नेकपा एसमा पनि उनले मागेको जिम्मेवारी पाएका छन् । सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज पाएका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी ३ मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् । विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठले कुनैपनि फाँट या विभाग हेर्ने जिम्मेवारी पाएनन् । तर, आलेलाई सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज समेत दिइएको छ ।

यसैगरी, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि तेह्रथुम जिल्ला इन्चार्ज पाएका छन् । उनी तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । त्यहाँ उनी लोकप्रीय छन् ।

झाँक्रीसहित तीन मन्त्रीलाई पार्टीमा विभागीय जिम्मेवारीविहीन बनाइएको हो । गत बिहीबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि–२) जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । जसमा तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकासमन्त्रीरामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

तर एक मन्त्री र एक राज्यमन्त्रीले भने पार्टीमा थप जिम्मेवारी पाएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको