माधव नेपालले सम्धीलाई दिए आर्थिक विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी सोमप्रसाद पाण्डेले पाएका छन् । उनले पाल्पा जिल्ला इन्चार्जको समेत गरी दोहोरो जिम्मेवारी पाएका हुन् ।

पाल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डे नाताले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । नेपालकी छोरी पाण्डेका छोराले विवाह गरेका छन् ।

पाण्डे माधव नेपालका विश्वासपात्र समेत मानिन्छन् । नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा पाण्डेको हस्ताक्षर थिएन । पछि मात्र पाण्डेले हस्ताक्षर गरेका थिए । यो मुद्दा अदालतमा विचाराधीन छ ।

त्यस्तै कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए ।

नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाल घट्यो । त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त भए ।

माधवकुमार नेपालको विश्वासपात्र मानिएका ज्वालाले नेकपा एसको जिम्मेवारी बाँडफाँडमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । उनी यसअघि नै उपमहासचिव बनाइए । महासचिव डा. वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाउँदा ज्वालाले सोही विभागको उपप्रमुखको जिम्मेवारी पाए ।

सबैभन्दा महत्वपूर्ण प्रकाश ज्वाला कर्णाली अञ्चल नेकपा एसको इन्चार्ज बनाइएका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । नेपाल नेपालले फ्लोर क्रसको पुरस्कार स्वरुप ज्वालालाई एकैपटक तीनवटा जिम्मेवारी दिएको चर्चा चलेको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको