बैठकमा सहमति नजुटेपछि सभापति देउवा ‘बहुमत’बाटै अगाडि बढ्ने

काठमाडौं – कांग्रेसको आन्तरिक विवाद चुलिँदै गएको छ । तीन दिनदेखि लगातार वार्ता भए पनि सहमति नजुटेपछि सभापति शेरबहादुर देउवा ‘बहुमत’बाटै अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यकतालिकालाई प्रमुख एजेन्डा बनाएको छ । उक्त समूह आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी भएन ।

वरिष्ठ नेता पौडेल भने काठमाडौंबाहिर छन् । महाधिवेशन कार्यतालिका समावेश नगरेको भन्दै पौडेल समूहले बिहीबारको बैठक बहिष्कार गरेको थियो । कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडानमा यो समूह छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘सहमतिका लागि अधिकतम प्रयास भइरहे पनि लामो समय छलफल भइरहेको छ,’ प्रवक्ता शर्मामाले भने, ‘तर, सहमति नै नहुने अवस्थामा प्रक्रिया अगाडि बढ्छ ।’ अर्को बैठक सोमबार बस्दैछ । यो बैठकमा पौडेल समूह सहभागी नभए सभापति देउवा पेलेरै निर्णय लिने तयारीमा छन् । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको