विप्लव समूहमाथिको कारबाही तीव्र, बम बनाउने ठाउँमै छापा

काठमाडौं – प्रहरीले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि कारबाहीको सक्रियता फेरि बढाएको छ ।

सरकारसँग वार्ताको कुरा अघि बढ्दै गर्दा कारबाहीलाई न्यून पारेको प्रहरीले वार्ता नभएपछि फेरि कारबाही तीव्र पारेको हो ।

गत वर्षको २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएयता आइतबारसम्म विप्लव समूहका १ हजार १ सय ७२ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेका आधाभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेशसमेत गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले विध्वंसात्मक गतिविधि गर्नेउपर प्रहरी कारबाही प्रभावकारी भइरहेको र त्यस्ता गतिविधिलाई पूर्णतः निस्तेज पार्ने बताउँदै आएका छन् । थापाले त्यस्ता समूह छिन्नभिन्न भइसकेको दाबीसमेत गर्दै आएका छन् ।

सरकारले विप्लव समूहसँग वार्ता गर्न भन्दै सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता समिति बनाएको थियो । तर, अहिले पाण्डे नेतृत्वको वार्ता समिति पटक–पटकको प्रयास असफल भएपछि निष्क्रियजस्तै छ ।

२७ मंसिरमा धनुषामा प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा विप्लव समूहको संलग्नता आशंका गरेको प्रहरीले सो घटनापछि विप्लव समूहमाथि निगरानी बढाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय बताउँछ ।

सो क्रममा प्रहरीले आइतबार राजधानीको बूढानीलकण्ठबाट बम बनाउँदै गरेको अवस्थामा विप्लव नेतृत्वको नेकपाका पाँचजनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्युरोले एक घरको कोठामा बम बनाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा युवा संगठनका केन्द्रीय सचिव शिशिर भनिने सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घर्ती मगर, सोलुखुम्बुका इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङ छन् ।

उनीहरूको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, गोली, प्रेसर कुकर बम, बम बनाउन प्रयोग हुने कच्चा पदार्थसमेत प्रहरीले नियन्त्रणमा लिएको समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको