राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् ।
संसदलाई छल्दै अध्यादेश ल्याउने गरेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ । संघीय संसदका दुवै सदनको अधिवेशन मंगलबार दिउँसो २ बजे बस्ने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले यसअघि सदन अवरुद्ध गर्दै आएको थियो। सभामुख संसद्को नियमावलीविरोधी र संसदीय मूल्यमान्यता विरोधी रहेको भन्दै एमालेले कारबाही गरेकाको लोगो सभामुखले नखोसेकोमा एमालेको आपत्ति छ।
अबको संसद बैठकमा एमालेले के गर्छ भन्ने टुंगो लागेको छैन तर महाधिवेशनपछि एमाले झन् आक्रामक हुने देखिन्छ।