पाइल्स के हो, कसरी गर्ने यसको उपचार ?

-डा. राजीब घिमीरे, ॐ धनवन्तरी आयुर्वेद हस्पीटल

पाईल्स के हो ?

पाईल्स गुद्वारमा हुने एक विशेष प्रकारको रोग हो । यसलाई मेडिकल भाषामा हेमराइड्स पनि भनिन्छ।  यो यस्तो अवस्था हो जब मलद्वारको भित्र अथवा बाहिर रक्त नलीमा सुजन आउछ जसले गर्दा मासु बढेको जस्तो अनुभव हुन्छ । यो फुटेमा रगत जान्छ भने नफुट्दा सम्म केहि समस्या नदेखिन पनि सक्छ।

अध्यनअनुसार ७५ % मानिसमा कुनै न कुनै बेला पाईल्सको समस्या देखिन्छ । उमेर अनुसार यो समस्या बढ्दै जान्छ साथै परिवारमा यो समस्या छ भने पाईल्स हुने सम्भावना बढी  हुन्छ ।

 

लक्ष्यणहरु:

सामान्य पाईल्सका लक्ष्यणहरु गम्भीर  हुदैनन् र कुनै आफै निको पनि हुन्छ।

१ मलद्वार को घेरा वरिपरि मासु बढेको जस्तो अनुभव हुन सक्छ ।

२ दुखाई हुन पनि सक्छ नहुन पनि सक्छ ।

३ दिसा बसे पछि पेट सफा नभएको अनुभव हुन सक्छ ।

४ रगत देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।

५ दिसा गर्दा आँउ परेको जस्तो चिल्लो पद्धार्थ निस्कन सक्छ ।

६ मलद्वार रातो हुने, पोल्ने, सुनिने आदि हुन सक्छ ।

 

कारणहरु :

१ कब्जियत पाइलसको प्रमुख कारण हो ।

२ दिसा गर्दा  धेरै समय सम्म कन्नु ।

३ पटक पटक दिसा  जानु ।

४ अधिक भार उठाउनाले पनि पाईल्स हुनसक्छ ।

५ अधिक वजन बढ्नु ।

६ बलपुर्वक मल त्याग गर्ने बानि आदि  ।

 

अवस्था:

पाईल्स लाई ४ अवस्थामा विभाजन गरिएको छ ।

पहिलो चरण: यसमा पाईल्सको मासु वाहिर देखिदैन, कहिले काहि रगतको समस्या देखिन्छ ।

दोस्रो चरण: यसमा मासु दिसा गर्दा वाहिर आउछ अनि धकेल्नु पर्छ ।

तेस्रो चरण: मासु वाहिर नै बस्छ, धकेलेर पनि भित्र जादैन, दुखाई पनि हुन सक्छ।

चौथो चरण: यसरी बाहिर निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र पठाउन सकिँदैन। यसको उपचार अब चिकित्सकको सहायताले मात्र गर्न सकिन्छ, बाहिरी पाईल्समा प्राय: जसो चिलाएर दुखाइ बढी महसुस हुन्छ, गाँठो पनि हुन सक्छ। भित्री पाईल्समा कुनैपनि प्रकारको दुखाइको अनुभव हुँदैन तर रगत आउने गर्दछ ।

 

पाईल्सको उपचार

पाईल्सबाट जोगिन दिसालाई नरम बनाउने उपायहरु अवलम्बन गर्नै पर्छ जसमा सागसब्जी र पानीको प्रशस्त सेवन गर्नुपर्छ भने माछा मासु र रक्सीको सेवन बन्द गर्नु पर्छ। पाचन जनय फलफुल तरकारी खानुपर्छ । अधिक समय सम्म वाशरुममा बस्नु हुदैन ।

हामी धेरैको दिसा रोकेर राख्ने बानी हुन्छ । यस्तो कदापि गर्नु हुँदैन । त्यसर्थ, आज बाटै यस्तो बानी त्यागि दिनुहोस ।

पहिलो र दोस्रो अवस्थाको पाईल्सको लागि लगाउने एंव खाने औंषधिले पनि निको हुन सक्छ, दुखाइ कम गर्न आराम, औषधि सेवन, सफा सुग्घर तथा सिज बाथ उपयुक्त हुन्छ ।

१ पंञ्चसकार चुर्ण, सुगम चुर्ण,

२ अशौध नि वटि,

३ अमयारीस्ट,

४ कुमारी आसन,

५ कासिशादी तेल,

६ त्रिफला, ईशागोल सुत्ने बेलालिने र मन तातो पानिले सेक्ने ।

तेस्रो र चौथो चरणको पाईल्स लाई क्षार सुत्र चिकित्साद्रारा पुर्ण रुपमा निको पार्न सकिन्छ ।

योग द्वारा पनि पाईल्स रोग बाट बच्न सकिन्छ जस्तै कपालभाति, पवनमुत्रासन, मूडभांसन, शंखप्रजतानक्रिया  द्वारा कव्जियत हटाउन सकिन्छ । पाईल्स रोगिले खानपिनमा विशेष ध्यानदिनु पर्छ ।

(नेपालकै बरिष्ट पाईल्स रोग बिशेषज्ञ डा. घिमीरे ॐ धनवन्तरी आयुर्वेद हस्पिटल, धुम्बाराहिमा कार्यरत हुन्हुन्छ ।)

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको