पाइल्स के हो, कसरी गर्ने यसको उपचार ?

-डा. राजीब घिमीरे, ॐ धनवन्तरी आयुर्वेद हस्पीटल

पाईल्स के हो ?

पाईल्स गुद्वारमा हुने एक विशेष प्रकारको रोग हो । यसलाई मेडिकल भाषामा हेमराइड्स पनि भनिन्छ।  यो यस्तो अवस्था हो जब मलद्वारको भित्र अथवा बाहिर रक्त नलीमा सुजन आउछ जसले गर्दा मासु बढेको जस्तो अनुभव हुन्छ । यो फुटेमा रगत जान्छ भने नफुट्दा सम्म केहि समस्या नदेखिन पनि सक्छ।

अध्यनअनुसार ७५ % मानिसमा कुनै न कुनै बेला पाईल्सको समस्या देखिन्छ । उमेर अनुसार यो समस्या बढ्दै जान्छ साथै परिवारमा यो समस्या छ भने पाईल्स हुने सम्भावना बढी  हुन्छ ।

 

लक्ष्यणहरु:

सामान्य पाईल्सका लक्ष्यणहरु गम्भीर  हुदैनन् र कुनै आफै निको पनि हुन्छ।

१ मलद्वार को घेरा वरिपरि मासु बढेको जस्तो अनुभव हुन सक्छ ।

२ दुखाई हुन पनि सक्छ नहुन पनि सक्छ ।

३ दिसा बसे पछि पेट सफा नभएको अनुभव हुन सक्छ ।

४ रगत देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।

५ दिसा गर्दा आँउ परेको जस्तो चिल्लो पद्धार्थ निस्कन सक्छ ।

६ मलद्वार रातो हुने, पोल्ने, सुनिने आदि हुन सक्छ ।

 

कारणहरु :

१ कब्जियत पाइलसको प्रमुख कारण हो ।

२ दिसा गर्दा  धेरै समय सम्म कन्नु ।

३ पटक पटक दिसा  जानु ।

४ अधिक भार उठाउनाले पनि पाईल्स हुनसक्छ ।

५ अधिक वजन बढ्नु ।

६ बलपुर्वक मल त्याग गर्ने बानि आदि  ।

 

अवस्था:

पाईल्स लाई ४ अवस्थामा विभाजन गरिएको छ ।

पहिलो चरण: यसमा पाईल्सको मासु वाहिर देखिदैन, कहिले काहि रगतको समस्या देखिन्छ ।

दोस्रो चरण: यसमा मासु दिसा गर्दा वाहिर आउछ अनि धकेल्नु पर्छ ।

तेस्रो चरण: मासु वाहिर नै बस्छ, धकेलेर पनि भित्र जादैन, दुखाई पनि हुन सक्छ।

चौथो चरण: यसरी बाहिर निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र पठाउन सकिँदैन। यसको उपचार अब चिकित्सकको सहायताले मात्र गर्न सकिन्छ, बाहिरी पाईल्समा प्राय: जसो चिलाएर दुखाइ बढी महसुस हुन्छ, गाँठो पनि हुन सक्छ। भित्री पाईल्समा कुनैपनि प्रकारको दुखाइको अनुभव हुँदैन तर रगत आउने गर्दछ ।

 

पाईल्सको उपचार

पाईल्सबाट जोगिन दिसालाई नरम बनाउने उपायहरु अवलम्बन गर्नै पर्छ जसमा सागसब्जी र पानीको प्रशस्त सेवन गर्नुपर्छ भने माछा मासु र रक्सीको सेवन बन्द गर्नु पर्छ। पाचन जनय फलफुल तरकारी खानुपर्छ । अधिक समय सम्म वाशरुममा बस्नु हुदैन ।

हामी धेरैको दिसा रोकेर राख्ने बानी हुन्छ । यस्तो कदापि गर्नु हुँदैन । त्यसर्थ, आज बाटै यस्तो बानी त्यागि दिनुहोस ।

पहिलो र दोस्रो अवस्थाको पाईल्सको लागि लगाउने एंव खाने औंषधिले पनि निको हुन सक्छ, दुखाइ कम गर्न आराम, औषधि सेवन, सफा सुग्घर तथा सिज बाथ उपयुक्त हुन्छ ।

१ पंञ्चसकार चुर्ण, सुगम चुर्ण,

२ अशौध नि वटि,

३ अमयारीस्ट,

४ कुमारी आसन,

५ कासिशादी तेल,

६ त्रिफला, ईशागोल सुत्ने बेलालिने र मन तातो पानिले सेक्ने ।

तेस्रो र चौथो चरणको पाईल्स लाई क्षार सुत्र चिकित्साद्रारा पुर्ण रुपमा निको पार्न सकिन्छ ।

योग द्वारा पनि पाईल्स रोग बाट बच्न सकिन्छ जस्तै कपालभाति, पवनमुत्रासन, मूडभांसन, शंखप्रजतानक्रिया  द्वारा कव्जियत हटाउन सकिन्छ । पाईल्स रोगिले खानपिनमा विशेष ध्यानदिनु पर्छ ।

(नेपालकै बरिष्ट पाईल्स रोग बिशेषज्ञ डा. घिमीरे ॐ धनवन्तरी आयुर्वेद हस्पिटल, धुम्बाराहिमा कार्यरत हुन्हुन्छ ।)

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको