पृथ्वीनारायण शाहको प्रशंसा गर्दै कांग्रेस केन्द्रीय सदस्य भण्डारीले निकाले विज्ञप्ति, गरे यस्तो माग

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गरेका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनको सम्मानमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।

साथै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारी तवरबाट भव्य रुपमा मनाउनुपर्ने उनले विज्ञप्ति जारी गरेर बताएका छन् । नेपाली भएर बाँच्न पाउने गौरवको प्रत्याभूतिगर्ने महान, दुरदर्शी र सुरवीर पुरुषको जन्मदिन सम्पूर्ण नेपालीका लागि हर्षो उल्लासको क्षण । आज भन्दा करिब ३०० वर्ष पहिला नेपालको गोरखा जिल्लामा जन्मेर १९ वर्षको कलिलो उमेरमा गद्धि सम्हालेका पृथ्वीनारायण शाहको अकल्पनीय प्रयासले यो मुलुक निर्माण भएको हो ।

यस्ता महान पुरुषको जन्मदिन तथा ३०० औं पृथ्वीजयन्ती सम्झदा श्रद्धाले शिर निहुरिन्छ र हर्षले विभोर हुन पुगिन्छ । अन्य राज्यका शासक जस्तै राजगद्धीको सुख सयलमा रमेर जीवन बिताएको भए सायद आज हामी नेपाली भएको गर्व गर्न पाउने थिएनौ होला । बाल्यकालमा नै उनले कठोर यात्रा मात्र थालेनन् त्यसलाई पूरा गरेर नेपाली जातिको शिर उच्च बनाईदिए ।
पृथ्वीनारायण शाह गद्धिसिन हुनु अघि नेपाल टुक्राटुक्रामा विभक्त थियो ।

तत्कालीन बाईसे चौबिसे राज्यहरु आपसी द्धन्द्ध र दाउपेचमा लिप्त थिए । जनता प्रत्येक शासकबाट प्रताडित थिए । जनता शासकहरुको सुख सयलका लागि कर तिर्न र युद्धका लागि सामान जुटाउन मात्र बाध्य थिएनन् लडाईका लागि निर्ममता पूर्वक आफ्ना सन्तान शासकहरुलाई उपलब्ध गराउन विवश थिए । नेपाल र नेपालीको अस्तित्व संकटमा रहेको बेलामा पृथ्वीनारायण शाहले महत्वकांक्षी र कठोर प्रतिज्ञा गरी नेपाल एकीकरणको अभियान आरम्भ गरे । राज्यका सबै जात जाति तथा धर्म संस्कृतिका मानिसलाई गोलबद्ध गरे र आम नागरिकको स्वेच्छिक सहयोगमा एकीकरण अभियानलाई कुशलता पूर्वक अघि बढाए ।

युद्धका लागि गरिब भन्दा गरिब नागरिकले पनि स्वत स्फूर्त रुपमा चन्दादिएको र विर विरगंना नेपालीले युद्धमा भाग लिएर नेपाल एकीकरणको अभियानमा सघाएको इतिहासले उनीप्रति जनताको अगाध आस्था र उनले थालेको अभियानमा जनस्वामित्व पुष्टि हुन्छ ।

विरोधी राज्यका जनता तथा महत्वपूर्ण जिम्मेवारीमा बसेका व्यक्तिले पनि एकीकरण अभियानलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा समेत सघाउनुले उनको सबल कुटनीति, आदर्श सोच तथा मानवीय व्यवहारको पुष्टि गर्दछ । उनले नेपाल एकीकरण गरेर हाम्रा लागि विशाल नेपाल र स्वतन्त्र तथा गौरवशाली नेपाली इतिहास मात्र छाडेनन् दिव्य उपदेशहरुका माध्यमबाट देशले कसरी सुशासन कायम गर्न तथा समृद्धि हासिल गर्न सक्छ र देशको स्वाधिनता कसरी अक्षुष्ण राख्न सकिन्छ भन्ने सम्बन्धमा कालजयी दृष्टिकोण प्रस्तुत गरी राष्ट्र निर्माणको अभियानलाई पूर्णता दिएको देखिन्छ । अपराजित नेपाली इतिहास उनले चालेको कदमको अभिन्न पाटो हो । उनले देखाएको मार्गमा तत्पश्चातका शासक र नेपाली जनता सदैब लागेर नेपाललाई विशाल बनाउने अभियान लामो समय सम्म चल्यो ।

पृथ्वीनारायण शाहको प्रतिज्ञा, बलिदान एवं रण कौशलको प्रतिफल स्वरुप हामीले विशाल नेपाल प्राप्त गरेका छांै । आफूलाई नेपाली भन्न पाएका र्छौं भने विश्वमा हाम्रो अलग पहिचान, अस्तित्व र गौरवपूर्ण इतिहास छ । पृथ्वीनारायण शाहको मन मस्तिष्कमा विशाल एकीकृत नेपाल निर्माणको चित्र नकोरिएको भए सायद नेपाल र नेपालीको अस्तित्व विश्व मानचित्रमा रहने नै थिएन । एकीकरण अभियानदेखि नै हरेक जातजाति र धर्मालम्बीका बीचमा सद्भाव कायम गर्दै सबैलाई उचित सम्मान र अवसर दिएकै कारण उनलाई सबैको साथ र समर्थन रहनुका अतिरिक्त सबै नेपालीका बीचमा गहिरो प्रेम तथा भातृत्व विकास हुन गएको पाइन्छ ।

उनी एकीकरण कर्तामात्र नभएर राष्ट्रिय एकताका प्रतिक पनि हुन ।संसारका सबै मुलुकमा राष्ट्रनिर्माताको स्थान अत्यन्त उच्च हुने गरेको छ तर विडम्बना भन्नु पर्दछ नेपाली नेपाली बीचको बैमनस्यतालाई अन्त्य गर्ने, साम्राज्यवाद्को दवदवा चलेको बेलामा नेपाललाई सुरक्षित राख्ने, सम्पूर्ण नेपालीका बीचमा एकताको भाव विस्तार गर्ने दूरदर्शी राष्ट निर्माताका प्रति उचित श्रद्धा भाव व्यक्त हुन सकेको छैन । बरु व्यक्तिगत लाभका लागि राष्ट्रनिर्माताको योगदानलाई अनुचित व्याख्यागर्ने र नेपाली इतिहास बग्यांउने तर्फ एकथरी शक्ति निरन्तर लाग्दै आएको छ ।

अरुको इशारामा होस ्वा क्षणिक लाभका लागि होस् पराइबाट परिचालित शक्तिले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गर्दै आएको छ । राष्ट्रनिर्माताको सम्मान र सम्झनामा आयोजना गरिने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको छ । हामीलाई चेतना हुन जरुरी छ इतिहास अत्यन्त निर्मम हुन्छ यसलाई मेटाउन खोज्ने शक्ति स्वयं मेटिने गर्दछ ।

आज हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ ? राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउदै छौं ? जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छांै ?हामीले आज आफैलाई प्रश्न गर्नुपर्ने समय आएको छ । हाम्रो विवेकको परीक्षणगर्ने घडीआएको छ । अहिले कमजोर बन्दै गएको राष्ट्रिय स्वाधिनता र एकताको मूल कारण यस्तै अपरिपक्व निर्णयहरु हुन भन्नेमा हामी सचेत हुनै पर्दछ ।

‘हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ ? राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउँदै छौं ? जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छाैं ? हामीले आज आफैंलाई प्रश्न गर्नुपर्ने समय आएको छ,’ उनले भने । पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नेहरू आफैं समाप्त भएर जाने भण्डारीको भनाइ छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको