काठमाडौं – सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ ।
यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि १ हजार रुपैयाँ सरकारी अस्पतालमा र २ हजार रुपैयाँ निजी अस्पतालमा पीसीआर शुल्क लिइँदै आएको थियो ।
मंगलबार संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पनि स्वास्थ्य सचिव रोशन पोखरेलले पीसीआर शुल्क घटाउन लागिएको जनाएका थिए।
शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण गर्ने गरेका छैनन् । तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान सचिव पोखरेलको सुझाव छ ।
पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने उनले बताए । विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, तर लक्षण भएका बिरामीको भने निःशुल्क पीसीआर परीक्षण हुने डा. पोखरेलको भनाइ छ ।