नेपाली सेनाको प्रशंसा योग्य काम : धेरैको बच्यो ज्यान

नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिम्मामा पश्चिम कमान्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्रकृतिक प्रकोप र विपद्मा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमान्डअन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याई उपचारमा सहयोग गर्दै आएको छ ।

२०७६ साल भदौ १७ मा पश्चिम कमान्डअन्तर्गत नेपाली सेनाले वीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौँबाट हुने उडानहरु २०७६ साल भदौ १७ देखि सुर्खेतबाट नै तीनवटा प्रदेशमा हुँदै आएको छ ।

तीनवटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमान्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके, बर्दिया, सुदूरपश्चिम र कर्णालीको पूरै भागलाई समेटेर पश्चिम एअर बेसबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलका समेत तयारी हालतमा राखिएको पश्चिम कमान्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताए ।

यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याइएको छ । २७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाई सेवा कार्यालयले बताएको छ । २०७७ सालमा ३४ गर्भवती, अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९ जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताए ।

पश्चिममा एअर बेस स्थापनासँगै उद्धारमा छिटोछरितो भएको स्थानीयवासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढी पहिरो, हिउँ पहिरामा परी घाइते भएकालाई समेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ । त्यस्तै, राहत वितरणमा समेत नेपाली सेनाले उडान भर्दै आएको छ ।

प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएरसमेत सेनाले जनसेवा गर्दै आएको पश्चिम कमान्डका मेजर जनरल प्रेम शाहीले बताए । पश्चिम कमान्डको एअर बेसलाई अझै पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग रहेको छ । पश्चिम एअर बेसबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ ।

हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रिस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार उपलब्ध गराउने व्यवस्थासमेत रहेको छ ।

पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लाहरुमा ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् ।

त्यस्तै, आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ । डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । उनले यो कार्यक्रम नभएको भए धेरै गर्भवतीको ज्यान सक्थ्यो भन्दै अझै प्रभावकारी बनाउनुपर्ने बताए ।

“हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको जिल्लामा सबैको पहुँचमा सञ्चार छैन, फोन गर्न एक दिन हिँडेर जानुपर्छ, जनप्रतिनिधिको सूचनाका आधारमा अहिलेसम्मका सुत्केरीको उद्धार भएको छ, त्यसैले यहाँका सबै नागरिकलाई समान रूपमा समेट्ने प्रयास यो कार्यक्रममार्फत गर्ने प्रयास गरेका छौँ ।”

के-के आउँछन् त उद्धार गर्दा समस्या ?

हेलिकोप्टरबाट उद्धार कार्य आफैँमा जटिल कार्य हो । हेलिकोप्टर अवतरण गर्ने ठाउँ, भूगोल र मौसमबारे जानकारी नहुँदा हरेक उडानमा समस्या हुने गरेको छ । तोकिएको समयभन्दा बढी समय लाग्दा हवाई यात्रामा धेरै पटक जटिलता आउने गरेको प्रमुख सेनानी श्रेष्ठले बताए । अधिकांश ठाउँमा हेलिकोप्टर अवतरण गर्दा ठाउँ नै नभएको अवस्था हुने गरेको समेत उनले बताए ।

छिनछिनकै मौसम परिवर्तन हुँदा अर्को समस्या आउने गरेको छ । सूचना सही नपाउँदा हैरानसमेत खेप्नु परेको थुप्रै उदाहरण रहेको उनले बताए । उडान गर्दा लामो समय हुँदा हेलिकोप्टरमा इन्धनको समस्यादेखि हाइ अल्टिच्युट हुने खतरा बढ्ने गरेको छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको