अन्तत : म्याद थपको प्रयास असफल भएपछि बिदा भए जर्नेल कार्की

काठमाडौँ – नेपाली सेनाका उपरथी (जर्नेल) अनन्त कार्कीको सेवा अवधि नथपिएपछि बिदा लिएका छन्। माघ २५ गते अनिवार्य अवकास हुन् लागेका कार्कीले १५ दिन अघि नै बरबुजारथ गरेर बिदा भएका हुन्।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा कार्यरत कार्कीले सहायक रथी भोला थापालाई बरबुझारथ गरेका छन्।

उनले सोमबारबाट १५ दिनको बिदा लिएको र त्यसपछि अवकासमा जाने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। सेवा अवधि थप नभएपछि कार्कीको सैनिक नेतृत्वसँग सम्बन्ध बिग्रिएको थियो।

प्रधानसेनापति प्रभुराम शर्माले सेवा अवधि थप नगरेको भन्दै उनले रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसम्म निवेदन दिएका थिए। तर त्यति गर्दा पनि सेवा अवधि थपको प्रयास सफल नभएपछि १५ दिन अघिनै घरबिदामा गएका हुन्।

प्रधानसेनापति शर्माले उनीभन्दा जुनियर उपरथीहरु सीताराम खड्का र ताराध्वज पाण्डेको भने सेवा अवधि थप गर्न सिफारिस गरेका थिए। मन्त्रिपरिषद्ले पुस ३० गते नै उनीहरुको म्याद थपको निर्णय गरेको थियो।

उनले माघ ४ गते निवेदन दिएपछि उनको निवेदनउपर सरकारले कुनै निर्णय गरेन।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको