कहाँ गए यी १३ प्रहरी, ७ दिनभित्र सम्पर्कमा आउन भन्दै जारी भयो यस्तो सूचना

काठमाडौं – आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।

नेपाल प्रहरीले एक सार्वजनिक सूचना जारी गरेर कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्शालले आग्रह गरेको हो ।

सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।

यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस।पी।, दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको