किन बढेन नेपालको जनसंख्या ? यस्तो छ कारण

काठमाडौं – २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ ।

२०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको देखाएको छ । २०४८ सालदेखि जनसंख्या वृद्धिदर घट्दै आएर २०७८ सालमा १ प्रतिशतभन्दा कम भएको छ ।

यही अनुपातमा घट्दै गएको खण्डमा मुलुकमा विकसित मुलुकमा झैं जनसंख्या घट्दै जाने चिन्ता गर्न थालिएको छ । युवा पुरुष विदेशी रहेकाले र महिलामा प्रजनन् क्षमता घट्दै गइरहेकाले भविष्यमा समस्या आउने भन्दै चिन्ता प्रकट गर्न थालिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जुन १० वर्षअघिको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ ।

राष्ट्रिय तथ्यांक विभागअनुसार कुल जनसंख्यामा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । यो कुल जनसंख्याको ४८.९६ प्रतिशत हो । महिलाको संख्या भने १ करोड ४९ लाख १ लाख १ सय ६९ रहेको छ । नेपालमा महिला ५१.०४ प्रतिशत रहेको छ ।

जनगणना घर र परिवार संख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार जम्मा ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेका देखिएको छ ।

२०७८ सालको जनगणनाले नेपालमा संयुक्त परिवारबाट एकल परिवार बढ्न थालेको देखाएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । १० वर्षमा १३ लाख ३३ हजार ७ सय ५७ वटा परिवार थप भएकोबाट नेपाली जनता एकल परिवारमा टुक्रिन थालेको देखाएको हो । परिवारको आकार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ ।

जनसंख्या वृद्धिदर भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०।२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ ।

सिफारिस

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सुरु भएको छ। नेपाली सेना र पत्रकारबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय तथा परिष्कृत बनाउने उद्देश्यले...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेवनानमा तैनाथ सबजु गण (शान्ति सेना) को अदलीबदली भएको छ ।शान्ति सेना ६६ औँ...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । सोमबार बसेको संसदको संयुक्त...

भर्खरै

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

संसदमा राष्ट्रपतिलाई सेनाको सलामी (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेललाई संसद भवनमा स्वागत गरिएको छ ।...

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

धेरै पढिएको