किन बढेन नेपालको जनसंख्या ? यस्तो छ कारण

काठमाडौं – २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ ।

२०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको देखाएको छ । २०४८ सालदेखि जनसंख्या वृद्धिदर घट्दै आएर २०७८ सालमा १ प्रतिशतभन्दा कम भएको छ ।

यही अनुपातमा घट्दै गएको खण्डमा मुलुकमा विकसित मुलुकमा झैं जनसंख्या घट्दै जाने चिन्ता गर्न थालिएको छ । युवा पुरुष विदेशी रहेकाले र महिलामा प्रजनन् क्षमता घट्दै गइरहेकाले भविष्यमा समस्या आउने भन्दै चिन्ता प्रकट गर्न थालिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जुन १० वर्षअघिको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ ।

राष्ट्रिय तथ्यांक विभागअनुसार कुल जनसंख्यामा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । यो कुल जनसंख्याको ४८.९६ प्रतिशत हो । महिलाको संख्या भने १ करोड ४९ लाख १ लाख १ सय ६९ रहेको छ । नेपालमा महिला ५१.०४ प्रतिशत रहेको छ ।

जनगणना घर र परिवार संख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार जम्मा ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेका देखिएको छ ।

२०७८ सालको जनगणनाले नेपालमा संयुक्त परिवारबाट एकल परिवार बढ्न थालेको देखाएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । १० वर्षमा १३ लाख ३३ हजार ७ सय ५७ वटा परिवार थप भएकोबाट नेपाली जनता एकल परिवारमा टुक्रिन थालेको देखाएको हो । परिवारको आकार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ ।

जनसंख्या वृद्धिदर भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०।२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ ।

सिफारिस

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो...

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले झिलिमिली बनेका छन्। हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा–आराधना गरी धन,...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

तस्विरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिरमा यसरी गरियो काग पूजा

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा...

नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ - पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट...

धेरै पढिएको