तोकिएको समयमा रकम नपाएपछि उखु किसान फेरि आन्दोलित

काठमाडौं – सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान फेरि आन्दोलित भएका छन् । गत पुस १८ गते सरकार र उखु किसान सङ्घर्ष समितिबीच भएको सम्झौतामा माघ ७ गतेभित्र सबै किसानको अघिल्लो वर्षको उखु बिक्रीवापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो तर तोकिएको समयमा सम्झौता अनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि किसान आन्दोलित भएका हुन् । भुक्तानीका लागि आजसम्म पर्खने र ठोस जवाफ नआए चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

बुधबार उनीहरुले सर्लाही सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । माघ १० गते कृषकले कालोपट्टि बाँधेर काम गर्ने, ११ गतेदेखि १७ गतेसम्म किसान जागरण अभियान सञ्चालन गर्ने र १८ गते गोडैता बजारमा किसानको भेला गराई काठमाडौँ केन्द्रित आन्दोलनको स्वरुप र मिति तय गरिने उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिए ।

सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड, श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले ९ करोड भुक्तानी गर्न बाँकी रहेको छ । सोमबारसम्म सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले तीन करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रकम भुक्तानी गरेको छ ।

उखु किसानले उद्योगबाट पाउनुपर्ने एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड मात्र भुक्तानी पाएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। सरकारले उखु किसानलाई दिने भनिएका प्रतिक्विन्टल ६५ रुपैयाँ ५६ पैसा पाएका छैनन् । अनुदानवापतको रकम एक अर्ब ३४ करोड अहिलेसम्म उपलब्ध नगरेपछि किसानले गुनासो गरेका छन् ।
रासस

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको