अग्निका अंगरक्षकको बयान: त्यो जोखिमयुक्त इतिहासले आज सापकोटालाई यहाँसम्म ल्यायो

नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा प्रतिनीधिसभाको सभामुखमा पदारोहण गरिरहँदा यतिबेला सामाजिक सञ्जाल फेसबुकमा युद्धकालिन अवस्थाको एउटा तस्विर भाईरल बनिरहेको छ । सशस्त्र युद्धका बेला बिशेष कमाण्डका कमाण्डर अग्निप्रसाद सापकोटा प्रतिनीधि सभा सभामुख बन्ने निश्चित भइरहँदा तत्कालिन समयका उनका अंगरक्षक मेलम्ची नगरपालिका सिन्धुकोटका ३६ वर्षिय टीकाजंग रायमाझी सामाजिक सञ्जालमा छाइरहेका छन् ।

तस्बीरमा सेतो सट र सेतो ज्याकेट लगाएर सापकोटा आफ्नो संचार सेटमार्फत ब्रिफिङ गरिरहेका छन्, उनीसँगै पीएलए अंकित कम्ब्याट ड्रेसमा बन्दुक भिरेर उनको पहरा गरिरहेका छन् रायमाझी । मुलुकको उच्च संवैधानिक बरियातामा सिन्धुपाल्चोकले नेतृत्व गरिरहँदा जिल्लैभर हर्षोल्लास छ । आफ्ना युद्ध कमाण्डर आज राज्यको उच्च संवैधानिक बरियतामा पुग्दा टीकाजंग रायमाझी कहाँ के गर्दैछन ? के भन्छन् उनी ? पक्कैपनि यो आम खुल्दुलीको कुरा हो ।

झण्डै दुई बर्ष अग्निप्रसाद सापकोटाको बिशेष कमाण्डमा कार्यालय टीमभित्र रहेर काम गरेका टीकाजंग रायमाझीमा यतिबेला खुसीको सीमा नै छैन । आफुहरुले लडेर ल्याएको नयाँ राज्य व्यवस्थाकै कमाण्डर तहमा हिजोका आफ्ना कमाण्डर पुगिरहँदा उनी गर्विलो अनुभुति गर्दछन् ।‘हिजो जनयुद्धको एउटा कमाण्ड गर्नुभयो, अब

०५२ सालदेखि नै माओवादी समर्थित बिद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा लागेका टीकाजंग रायमाझी ०५५ सालदेखि होलटायमर बनेर भुमिगत राजनीतिमा होमीए । उनी बिद्यार्थी संगठनमा रहेको सुइँको पाएपछि सेना, प्रहरीले घर घेर्न थाले । दिनदिनै सेनाले गाउँघर घेर्न थालेपछि उनी पूर्णकालिन सदस्य भएर युद्ध यात्रामा होमीए । युद्ध कमाण्डर अग्निप्रसाद सापकोटासँगै उनी दर्जनौं मोर्चामा सरिक भए ।

सापकोटा बिशेष कमाण्डमा रहँदा बनाइएको कार्यालय टीमभित्र रायमाझी पनि थिए । ‘आठ/दश जनाको कार्यालय टीम थियो, एकजना म नै हुँ’, सापकोटासँग बिताएका कहालीलाग्दा क्षण सम्झँदै रायमाझी भन्छन्, ‘ठोकर्पा र चौतारा भिडन्तका ती क्षणहरु दिमागमा घुमिरहेका छन् ।’ ठोकर्पामा नेता सापकोटालाई तीन गोली लाग्दा रायमाझी उनीसँगै थिए । रायमाझीकै शब्दमा भन्दा पटक पटक शहिद हुनबाट जोगिएर सापकोटा आज प्रतिनीधि सभाको सभामुख बन्न लागेका हुन् । जोखिमयुक्त इतिहास र त्यो कठिन बाटोले आज सापकोटालाई यहाँसम्म ल्याएको रायमाझी सुनाउँछन् ।

हिजो पूर्णकालीन कार्यकर्ता बनेर युद्धमा होमीएका उनी अहिले नेकपा मेलम्ची नगर कमीटीको सदस्य छन् । तर हिजोकै झैँ सक्रिय राजनीतिमा उनी छैनन् । ‘खेति किसानीमा ब्यस्त छु, राजनीतिमा सक्रिय त छैन तर पलायन भएको चैं होईन’, रायमाझीले भने ।
मुलुकमा व्यवस्था फेरियो । उनैले काँधमा बोकेको बन्दुकले राजतन्त्र ढाल्न र गणतन्त्र ल्याउनमा महत्वपूर्ण भुमिका खेलेको थियो ।

युद्धको नेतृत्व गरेको पार्टी सरकारमा पुग्दा पनि जनअपेक्षा अनुसार काम नभएकोप्रति उनी गुनासो गर्दछन् । ‘सरकारले काम नै नगरेको होईन, तर जनअपेक्षा अनुसार काम भने भइरहेका छैनन्’, असन्तुष्टि र सन्तुष्टिको मिश्रित आवाज ओकल्छन् उनी ।

सभामुखको पदारोहणका क्रममा रहेका सापकोटा यसअघि दुईपटक सरकारका मन्त्री बने । उनी मन्त्री हुँदा पनि आफ्नो फोन उठाउने गरेको रायमाझी सुनाउँछन् । सापकोटा मन्त्री हुँदा आफु ब्यक्तिगत स्वार्थ बोकेर उनलाई भेट्न नगएको रायमाझी बताउँछन् । ‘मन्त्री हुँदापनि मेरो फोन उहाँले सिधै उठाउनुहुन्थ्यो’, रायमाझी खुसी पोख्छन्, ‘तर म मेरा लागी गरिदिनुपर्‍यो भनेर कहिल्यै भेट्न गईनँ ।’ कोही कसैका ब्यक्तिगत स्वार्थपुर्तिका लागि मात्र नभई सिँगो मुलुकको हित र आम जनताका निम्ती सापकोटाले भुमिका खेल्नुपर्ने उनी बताउँछन् । ‘कोही ब्यक्तिका लागि हैन, अग्नि सर ! देश र जनताका गर्नुहोला’, रायमाझी भन्छन् । नेपाल समाचारपत्रमा खबर छ ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको