अग्निका अंगरक्षकको बयान: त्यो जोखिमयुक्त इतिहासले आज सापकोटालाई यहाँसम्म ल्यायो

नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा प्रतिनीधिसभाको सभामुखमा पदारोहण गरिरहँदा यतिबेला सामाजिक सञ्जाल फेसबुकमा युद्धकालिन अवस्थाको एउटा तस्विर भाईरल बनिरहेको छ । सशस्त्र युद्धका बेला बिशेष कमाण्डका कमाण्डर अग्निप्रसाद सापकोटा प्रतिनीधि सभा सभामुख बन्ने निश्चित भइरहँदा तत्कालिन समयका उनका अंगरक्षक मेलम्ची नगरपालिका सिन्धुकोटका ३६ वर्षिय टीकाजंग रायमाझी सामाजिक सञ्जालमा छाइरहेका छन् ।

तस्बीरमा सेतो सट र सेतो ज्याकेट लगाएर सापकोटा आफ्नो संचार सेटमार्फत ब्रिफिङ गरिरहेका छन्, उनीसँगै पीएलए अंकित कम्ब्याट ड्रेसमा बन्दुक भिरेर उनको पहरा गरिरहेका छन् रायमाझी । मुलुकको उच्च संवैधानिक बरियातामा सिन्धुपाल्चोकले नेतृत्व गरिरहँदा जिल्लैभर हर्षोल्लास छ । आफ्ना युद्ध कमाण्डर आज राज्यको उच्च संवैधानिक बरियतामा पुग्दा टीकाजंग रायमाझी कहाँ के गर्दैछन ? के भन्छन् उनी ? पक्कैपनि यो आम खुल्दुलीको कुरा हो ।

झण्डै दुई बर्ष अग्निप्रसाद सापकोटाको बिशेष कमाण्डमा कार्यालय टीमभित्र रहेर काम गरेका टीकाजंग रायमाझीमा यतिबेला खुसीको सीमा नै छैन । आफुहरुले लडेर ल्याएको नयाँ राज्य व्यवस्थाकै कमाण्डर तहमा हिजोका आफ्ना कमाण्डर पुगिरहँदा उनी गर्विलो अनुभुति गर्दछन् ।‘हिजो जनयुद्धको एउटा कमाण्ड गर्नुभयो, अब

०५२ सालदेखि नै माओवादी समर्थित बिद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा लागेका टीकाजंग रायमाझी ०५५ सालदेखि होलटायमर बनेर भुमिगत राजनीतिमा होमीए । उनी बिद्यार्थी संगठनमा रहेको सुइँको पाएपछि सेना, प्रहरीले घर घेर्न थाले । दिनदिनै सेनाले गाउँघर घेर्न थालेपछि उनी पूर्णकालिन सदस्य भएर युद्ध यात्रामा होमीए । युद्ध कमाण्डर अग्निप्रसाद सापकोटासँगै उनी दर्जनौं मोर्चामा सरिक भए ।

सापकोटा बिशेष कमाण्डमा रहँदा बनाइएको कार्यालय टीमभित्र रायमाझी पनि थिए । ‘आठ/दश जनाको कार्यालय टीम थियो, एकजना म नै हुँ’, सापकोटासँग बिताएका कहालीलाग्दा क्षण सम्झँदै रायमाझी भन्छन्, ‘ठोकर्पा र चौतारा भिडन्तका ती क्षणहरु दिमागमा घुमिरहेका छन् ।’ ठोकर्पामा नेता सापकोटालाई तीन गोली लाग्दा रायमाझी उनीसँगै थिए । रायमाझीकै शब्दमा भन्दा पटक पटक शहिद हुनबाट जोगिएर सापकोटा आज प्रतिनीधि सभाको सभामुख बन्न लागेका हुन् । जोखिमयुक्त इतिहास र त्यो कठिन बाटोले आज सापकोटालाई यहाँसम्म ल्याएको रायमाझी सुनाउँछन् ।

हिजो पूर्णकालीन कार्यकर्ता बनेर युद्धमा होमीएका उनी अहिले नेकपा मेलम्ची नगर कमीटीको सदस्य छन् । तर हिजोकै झैँ सक्रिय राजनीतिमा उनी छैनन् । ‘खेति किसानीमा ब्यस्त छु, राजनीतिमा सक्रिय त छैन तर पलायन भएको चैं होईन’, रायमाझीले भने ।
मुलुकमा व्यवस्था फेरियो । उनैले काँधमा बोकेको बन्दुकले राजतन्त्र ढाल्न र गणतन्त्र ल्याउनमा महत्वपूर्ण भुमिका खेलेको थियो ।

युद्धको नेतृत्व गरेको पार्टी सरकारमा पुग्दा पनि जनअपेक्षा अनुसार काम नभएकोप्रति उनी गुनासो गर्दछन् । ‘सरकारले काम नै नगरेको होईन, तर जनअपेक्षा अनुसार काम भने भइरहेका छैनन्’, असन्तुष्टि र सन्तुष्टिको मिश्रित आवाज ओकल्छन् उनी ।

सभामुखको पदारोहणका क्रममा रहेका सापकोटा यसअघि दुईपटक सरकारका मन्त्री बने । उनी मन्त्री हुँदा पनि आफ्नो फोन उठाउने गरेको रायमाझी सुनाउँछन् । सापकोटा मन्त्री हुँदा आफु ब्यक्तिगत स्वार्थ बोकेर उनलाई भेट्न नगएको रायमाझी बताउँछन् । ‘मन्त्री हुँदापनि मेरो फोन उहाँले सिधै उठाउनुहुन्थ्यो’, रायमाझी खुसी पोख्छन्, ‘तर म मेरा लागी गरिदिनुपर्‍यो भनेर कहिल्यै भेट्न गईनँ ।’ कोही कसैका ब्यक्तिगत स्वार्थपुर्तिका लागि मात्र नभई सिँगो मुलुकको हित र आम जनताका निम्ती सापकोटाले भुमिका खेल्नुपर्ने उनी बताउँछन् । ‘कोही ब्यक्तिका लागि हैन, अग्नि सर ! देश र जनताका गर्नुहोला’, रायमाझी भन्छन् । नेपाल समाचारपत्रमा खबर छ ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको