१० डीएसपीको सरुवा, रामेछापमा राजकुमार, अरु कुन ठाउँमा को ?

काठमाडौं– प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ।काज सरुवाको क्रममा ३ जिल्ला र काठमाडौं उपत्यकाका केही वृत्तका प्रहरी प्रमुख फेरिएका छन्।

रामेछाप, दोलखा, रसुवा तथा काठमाडौं उपत्यका भित्रका सातदोबाटो र चापागाउँ वृत्तका प्रहरी प्रमुख फेरिएका हुन्।

प्रहरी प्रधान कार्यालयले रामेछापमा डीएसपी राजकुमार थिङ, दोलाखामा गंगाप्रसाद पौडेल र रसुवामा कुलदीप चन्दलाई नयाँ प्रहरी प्रमुखको रुपमा खटाएको छ।

यस्तै, महानगरीय प्रहरी परिसर ललितपुर मातहतका महानगरीय प्रहरी वृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँमा डीएसपी द्वारिका घिमिरेको सरुवा गरिएको छ।

डीएसपी देवेन्द्र पाण्डेको प्रहरी प्रधान कार्यालय, नवराज ढुंगानाको १ नम्बर प्रदेश प्रहरी कार्यालय, टेकबहादुर कार्कीको प्रहरी प्रधान कार्यालय, भेसराज रिजालको महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ।

यस्तै, डीएसपी दिनेश घिमिरेलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो) सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको