१८ एसपीको सरुवा, कसले कुन जिल्ला सम्हाले ? (सूचिसहित)

काठमाडौं– प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुख समेत फेरिएका छन्।

गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीसहितका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। रुपन्देहीमा नयाँ प्रहरी प्रमुखको रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रहरी शाखामा कार्यरत रबिन्द्र रेग्मीलाई पठाइएको छ।

रुपन्देहीका प्रहरी प्रमुख मनोज कुमार केसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरिएको छ। यस्तै, गोरखा, बागलुङ, गुल्मी, सिन्धुली, धनकुटा र डोटी जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सरुवामा पर्ने एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गङ्गा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा मनोजकुमार केसी, तुल बहादुर कार्की, दयानिधि ज्ञवाली, दान बहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल रहका छन् ।

‘प्रहरी महानिरीक्षकको मिति २०७८ फागुन ८ गतेको निर्णयअनुसार मिति २०७८ फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि निम्न प्रहरी उपरीक्षकहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरिएको छ,’ प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको