पाँच महिनामा नेपाली सेनाका कति जनाले लिए ‘घर कर्जा’ ?

पछिल्लो पाँच महिनाको अवधिमा सैनिक कर्मचारीका लागी घर बनाउन नेपाली सेनाले ९० जनालाई ‘घर कर्जा’ दिएको छ । सैनिक कल्याणकारी कोषबाट ९० जनाले घरकर्जाका लागी दिएको निवेदन स्वीकृत गरेको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी महानिर्देशनालयका महासेनानी पुरन घलेले भने–‘३ दशमलव ३२ प्रतिशत ब्याजदरमा ९० जनाको घर कर्जा आवेदन स्वीकृत गरिएको छ ।’प्रधान सेनापति प्रभुराम शर्माले सेनाका कमाण्ड समालेपछि सैनिक कल्याणकारी कार्यक्रमहरूमा सकलदर्जाको पहुँच वृद्धि गर्ने नीति सार्वजनिक गरेका थिए ।

प्रधान सेनापति कमाण्ड नीति तथा मार्ग निर्देशन–२०७८ अनुसार सेनामा १० वर्ष जागिर पुरा गरेकाले घर कर्जा पाउँछन् । घर कर्जा बापत कल्याणकारी कोषले ३२ लाख दिँदै आएको छ । ०७८ असोज यता ९० जना सैनिकले घर कर्जा लिएका हुन्।

त्यस्तै नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख पुगेको छ । कोषमा जम्मा भएको रकम सेनाले २७ वटा ‘क’ वर्गका बैङ्कहरूमा मुद्दती निक्षेप राखेको छ ।

पत्रकार सम्मेलन गरेर कोषमा भएको रकम र लगानीबारे जानकारी दिएको छ । सैनिक कल्याणकारी महानिर्देशनालयका अनुसार २०७८ असार मसान्त सम्ममा बैङ्कहरूमा ५४ अर्ब १२ करोड ७५ लाख बैंकमा मुद्दती निक्षेप राखिएको छ । सेनाले ब्याजदरको प्रतिस्पर्धा गराएर रकम निक्षेप गर्दै आएको छ ।

स्कुल र मेडिकल कलेजमा सेनाले ५ अर्ब ८३ करोड १४ लाख लगानी गरेको छ । बैंक निक्षेप र स्कुल तथा कलेजमा गरिएको लगानी ५९ अर्ब ९५ करोड ८९ लाख पुगेको जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा कल्याणकारी महानिर्देशनालयका महासेनानी पुरन घलेले जानकारी दिए ।

त्यस्तै, सैनिक हिताधिकारीका लागी नेपाल इन्भेस्टमेन्ट बैंकले लगानी गरेको लघुवित्त कार्यक्रमको रकम जोखिममा परेको छ । सैनिक कल्याणकारी कोषसँगको समन्वयमा इन्भेस्टमेन्ट बैंकले लगानी गरेको करिब ५ करोड कर्जा उठ्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले पूर्व सैनिक र बहालवाला सैनिकका परिवारलाई लक्षित गरेर सानो स्केलमा लगानी गरेको थियो । खराब कर्जा उठाउनेबारे छलफल भइरहेको नेपाली सेनाले जनाएको छ ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको