पाँच महिनामा नेपाली सेनाका कति जनाले लिए ‘घर कर्जा’ ?

पछिल्लो पाँच महिनाको अवधिमा सैनिक कर्मचारीका लागी घर बनाउन नेपाली सेनाले ९० जनालाई ‘घर कर्जा’ दिएको छ । सैनिक कल्याणकारी कोषबाट ९० जनाले घरकर्जाका लागी दिएको निवेदन स्वीकृत गरेको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी महानिर्देशनालयका महासेनानी पुरन घलेले भने–‘३ दशमलव ३२ प्रतिशत ब्याजदरमा ९० जनाको घर कर्जा आवेदन स्वीकृत गरिएको छ ।’प्रधान सेनापति प्रभुराम शर्माले सेनाका कमाण्ड समालेपछि सैनिक कल्याणकारी कार्यक्रमहरूमा सकलदर्जाको पहुँच वृद्धि गर्ने नीति सार्वजनिक गरेका थिए ।

प्रधान सेनापति कमाण्ड नीति तथा मार्ग निर्देशन–२०७८ अनुसार सेनामा १० वर्ष जागिर पुरा गरेकाले घर कर्जा पाउँछन् । घर कर्जा बापत कल्याणकारी कोषले ३२ लाख दिँदै आएको छ । ०७८ असोज यता ९० जना सैनिकले घर कर्जा लिएका हुन्।

त्यस्तै नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख पुगेको छ । कोषमा जम्मा भएको रकम सेनाले २७ वटा ‘क’ वर्गका बैङ्कहरूमा मुद्दती निक्षेप राखेको छ ।

पत्रकार सम्मेलन गरेर कोषमा भएको रकम र लगानीबारे जानकारी दिएको छ । सैनिक कल्याणकारी महानिर्देशनालयका अनुसार २०७८ असार मसान्त सम्ममा बैङ्कहरूमा ५४ अर्ब १२ करोड ७५ लाख बैंकमा मुद्दती निक्षेप राखिएको छ । सेनाले ब्याजदरको प्रतिस्पर्धा गराएर रकम निक्षेप गर्दै आएको छ ।

स्कुल र मेडिकल कलेजमा सेनाले ५ अर्ब ८३ करोड १४ लाख लगानी गरेको छ । बैंक निक्षेप र स्कुल तथा कलेजमा गरिएको लगानी ५९ अर्ब ९५ करोड ८९ लाख पुगेको जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा कल्याणकारी महानिर्देशनालयका महासेनानी पुरन घलेले जानकारी दिए ।

त्यस्तै, सैनिक हिताधिकारीका लागी नेपाल इन्भेस्टमेन्ट बैंकले लगानी गरेको लघुवित्त कार्यक्रमको रकम जोखिममा परेको छ । सैनिक कल्याणकारी कोषसँगको समन्वयमा इन्भेस्टमेन्ट बैंकले लगानी गरेको करिब ५ करोड कर्जा उठ्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले पूर्व सैनिक र बहालवाला सैनिकका परिवारलाई लक्षित गरेर सानो स्केलमा लगानी गरेको थियो । खराब कर्जा उठाउनेबारे छलफल भइरहेको नेपाली सेनाले जनाएको छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको