एमसीसीले देशमा संकट आएको हो ? नेपाली सेनालाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

काठमाडौँ – रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भू-राजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन्।

भद्रकालीस्थित जंगीअड्डामा बुधबार ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक र समग्र सुरक्षामा असर पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन सेनालाई आग्रह गरेका हुन्।

उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौं–तराई–मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताए ।

साथै, नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरू उत्पादन हुने र नेपाली सेना अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणको लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वास समेत प्रधानमन्त्रीले गरे ।

जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले जस्तोसुकै परिस्थिति आए पनि जिम्मेवारी निर्वाह गर्न सेना तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए। ‘सरकारका आदेश सेनाले पालना गर्छ,’ शर्माले भने।

एमसीसीका कारण अहिले सिंगो देश विभाजन जस्तै भएको छ।  सरकारले एमसीसी संसदमा टेबल गरेसंगै पक्ष र विपक्षमा आन्दोलन चर्किरहेको छ। देशको राजनीति एमसीसीका कारण अहिले धुर्बिकरण भएको छ।  यसैलाई संकेत गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनालाई भू-राजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव, जंगी अड्डाका कमाण्ड सेनापतिहरुलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरु उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा पनि गरेका थिए।

यस्तै विगतमा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिममा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गरी विभिन्न सुरक्षा निकायहरुको उच्च ओहोदामा पुग्नु हुने विशिष्ट व्यक्तित्वहरुलाई “Hall of Fame” मा सम्मान गर्ने नेपाली सेनाको नीति अनुरुप नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित “Hall of Fame Induction Ceremony” कार्यक्रममा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्री सम्मानित भएका छन् ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको