एमसीसीले देशमा संकट आएको हो ? नेपाली सेनालाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

काठमाडौँ – रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भू-राजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन्।

भद्रकालीस्थित जंगीअड्डामा बुधबार ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक र समग्र सुरक्षामा असर पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन सेनालाई आग्रह गरेका हुन्।

उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौं–तराई–मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताए ।

साथै, नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरू उत्पादन हुने र नेपाली सेना अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणको लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वास समेत प्रधानमन्त्रीले गरे ।

जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले जस्तोसुकै परिस्थिति आए पनि जिम्मेवारी निर्वाह गर्न सेना तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए। ‘सरकारका आदेश सेनाले पालना गर्छ,’ शर्माले भने।

एमसीसीका कारण अहिले सिंगो देश विभाजन जस्तै भएको छ।  सरकारले एमसीसी संसदमा टेबल गरेसंगै पक्ष र विपक्षमा आन्दोलन चर्किरहेको छ। देशको राजनीति एमसीसीका कारण अहिले धुर्बिकरण भएको छ।  यसैलाई संकेत गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनालाई भू-राजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव, जंगी अड्डाका कमाण्ड सेनापतिहरुलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरु उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा पनि गरेका थिए।

यस्तै विगतमा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिममा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गरी विभिन्न सुरक्षा निकायहरुको उच्च ओहोदामा पुग्नु हुने विशिष्ट व्यक्तित्वहरुलाई “Hall of Fame” मा सम्मान गर्ने नेपाली सेनाको नीति अनुरुप नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित “Hall of Fame Induction Ceremony” कार्यक्रममा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्री सम्मानित भएका छन् ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको