ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ को नयाँ भवनको उद्घाटन भएको छ । बागमति प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य माधवप्रसाद पौडेल, संविधान सभा सदस्य द्वय चन्द्र महर्जन र राम कृष्ण चित्रकार, ललितपुर महानगरका नगर प्रमुख चिरीबाबु महर्जन, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख निर्मला थापा, सबै वडाका वडा अध्यक्षसहित जनप्रतिनिधिहरू र विभिन्न राजनितिक व्यक्तित्वले आथिथ्यता ग्रहण गरका थिए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय बुद्धिजिवी तथा समाजसेवीका साथै सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरू सहभागि भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री माननिय दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । उनले परम्परागत शैली झल्कनेगरी बनेको नव निर्मित वडा कार्यालय भवन बनाउन योगदान दिने सबैलाई शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा सिद्धिपुरका १३ बाजा खलहरूले पुर्याउँदै आएको योगदानलाई सम्मान गर्ने उद्देश्यले सो बाजा खलहरूका प्रतिनिधिलाई कदर पत्र र आर्थिक सहयोग स्वरुप प्रति खल ३० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुखबाट वडा नं ६ का वडा अध्यक्ष र वडा सदस्यहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाबाट हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, यातायातलगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरूबारे जानकारी दिए ।
कार्यक्रममा उपस्थित विशेष अतिथिहरूले आफ्नो शुभकामान मन्तव्य राखेका थिए भने वडा नं ६ का वडा सदस्य श्री सोभा महर्जनले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा त्यहाँका साँस्कृतिक समूहबाट स्थानीय बाजा बजाई सहभागिलाई मनोरञ्जनसमेत प्रदान गरिएको थियो ।

