म्यानुयल थेरापी सेन्टरले छाला, यौन, सुगर र थाइराइडको नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै

 

काठमाडौं- नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले एक पत्रकार सम्मेलन गरी छाला तथा यौन रोग, मधुमेह (सुगर) र थाइराइडको हप्तामा ३ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ  ।

छाला तथा यौन सम्बन्धी हप्तामा २ पटक र सुगर एबम् थाइराइड सम्बन्धी १ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको हो  । उक्त योजना माघ १५ देखी चैत्र ३० गते सम्म लागु हुने सेन्टरले जनाइएको छ ।

सेन्टरका अध्यक्ष डा. किशोरलाल श्रेष्ठले  पत्रकार सम्मेलनमा भने – “हाम्रा हजारौं  सेवाग्राही तथा सुभेक्षूकको अनुरोधलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ सिबिर राखेका छौं। र, हामीले यस सिबिरबाट छाला तथा यौन, मधुमेह (सुगर) र थाइराइडका प्रतिमहिना ६०० बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने लक्ष्य  राखेका छौं।”

उक्त पत्रकार सम्मेलनमा ती रोगको नि: शुल्क परीक्षणको यस्तो तालिका सार्वजनिक गरियो :

रोग बार समय बिशेषज्ञ
छाला तथा यौन रोग सोमबार र शुक्रबार २:३० देखी ४ बजे सम्म डा. प्रशन्न राज श्रेष्ठ
सुगर र थाइराइड सोमबार ९ बजे देखी ११ बजे सम्म डा. महेश दाहाल

 

यस सेन्टरका ब्यवस्थापक नबिन खरेल भने – “हाम्रो कार्यालयको टेलिफोन नम्बर  ०१- ४६२२०३३ मा फोन गरेर नाम दर्ता गर्न सक्नुहुनेछ। नि:शुल्क परीक्षणको तालीकिकरण भएको दिन अधिकतम ५० जनाको मात्र परीक्षण गर्न सकिने भएकोले समयमै नाम दर्ता गर्न अनुरोध गर्छौँ  ।”

यस सेन्टरका ब्यवस्थापक नबिन खरेलका अनुसार आफुले निभाउनुपर्ने सामाजिक उत्तरदायित्व (सिएसआर) अनुसार यो नि:शुल्क स्वास्थ्य परीक्षणको अबधारणा ल्याइएको हो । आजभोलि समाजमा छाला तथा यौन, सुगर एबम थाइराइडको समस्या बिकराल हुँदै गएकोले आफुहरुले सामाजिक भूमिका निभाउने उद्देश्यले उक्त योजना ल्याइएको बताउनु भयो ।

खरेलले थपे -“बिरामिले स्वास्थ्य परीक्षणको कुनै शुल्क तिर्नु पर्दैन । फोन बाट आफ्नो नाम दर्ता गरे हुन्छ र यहाँ आएर नि:शुल्क परामर्श सेवा पाउनुहुनेछ । समाजमा सुगर, थाइराइड जस्तो रोगको असर न्युनिककरणको लागि सबै हातेमालो गर्नु आवश्यक छ।”

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको