काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस कक्षा तनहुँको एन प्याव्सनमा आबद्द प्रख्यात विभिन्न ५ स्कुलहरूले आउने शैक्षिक सत्रदेखि संयुक्त रुपमा संचालन गर्ने भएका छन् ।
बालविकास एनसीमास संस्थाको सहयोगमा सतिस इङ्लिस बोर्डिङ्ग स्कुल, मनास्लु इङ्लिस सेकेण्डरी बोर्डिङ्ग स्कुल, दोभान इङ्लिस बोर्डिङ्ग स्कुल, पुर्कोट ल्याण्ड स्टार बोर्डिङ्ग स्कुल र जयबुद्ध इङ्लिस बोर्डिङ्ग स्कुलमा अवाकस कक्षा संचालन हुने भएको हो ।
अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको छ ।
शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ ।
विश्वका १ सय ३५ भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । नेपालमा यसको प्रयोग १७ बर्षदेखि बालविकास एनसीमासले प्रशिक्षण गराउँदैआएको पनि विश्वमा भने यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइएको छ । नेपालका अधिकांश विद्यालयहरुमा यसलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएको छ ।