तनहुँका यी ५ स्कुलले आउने शैक्षिक सत्रदेखि सुरु गर्ने भए विश्व विख्यात अवाकस कक्षा

काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस कक्षा तनहुँको एन प्याव्सनमा आबद्द प्रख्यात विभिन्न ५ स्कुलहरूले आउने शैक्षिक सत्रदेखि संयुक्त रुपमा संचालन गर्ने भएका छन् ।

बालविकास एनसीमास संस्थाको सहयोगमा सतिस इङ्लिस बोर्डिङ्ग स्कुल, मनास्लु इङ्लिस सेकेण्डरी बोर्डिङ्ग स्कुल, दोभान इङ्लिस बोर्डिङ्ग स्कुल, पुर्कोट ल्याण्ड स्टार बोर्डिङ्ग स्कुल र जयबुद्ध इङ्लिस बोर्डिङ्ग स्कुलमा अवाकस कक्षा संचालन हुने भएको हो ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ ।

विश्वका १ सय ३५ भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । नेपालमा यसको प्रयोग १७ बर्षदेखि बालविकास एनसीमासले प्रशिक्षण गराउँदैआएको पनि विश्वमा भने यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइएको छ । नेपालका अधिकांश विद्यालयहरुमा यसलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको