बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं – सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्।

रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए। त्यसयता उनी पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। हालसम्म उनी करिब ३ वर्ष २ महिना हिरासत तथा थुनामा बिताइसकेका छन्।

कानुनी व्यवस्थाअनुसार अन्तिम कैद सजाय कार्यान्वयन गर्दा मुद्दाको सिलसिलामा यसअघि थुनामा बिताएको अवधि पनि कैद अवधिमै गणना गरिन्छ। सोही आधारमा रायमाझीले अब करिब १० महिना मात्र कैद भुक्तान गर्नुपर्ने देखिएको हो।

गत जेनजी आन्दोलनका क्रममा जेल ब्रेक भएपछि रायमाझी करिब १५ दिन जेलबाहिर रहेका थिए। पछि उनी स्वयं जेलमा फर्किएका थिए। उक्त अवधिको गणना कसरी हुने भन्ने विषय भने सम्बन्धित कारागार प्रशासनले प्रचलित कानुनअनुसार निर्धारण गर्नेछ।

यस्तै, सोही प्रकरणमा २ वर्ष कैद सजाय पाएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले भने अझै करिब १ वर्ष ५ महिना जेल बस्नुपर्ने देखिएको छ।

खाण यसअघि करिब ७ महिना थुनामा बसेका थिए। पछि अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो। अब सर्वोच्च अदालतको अन्तिम फैसलाअनुसार उनी थुनामा बसेको अवधि कटाएर बाँकी कैद सजाय भुक्तान गर्नुपर्नेछ।

यस हिसाबले अदालतको फैसला कार्यान्वयन हुँदा बालकृष्ण खाणभन्दा टोपबहादुर रायमाझी पहिले जेलमुक्त हुने देखिएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको