गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व गर्ने विभिन्न ट्रेड युनियनहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा मर्यादित कामको सुनिश्चितताको माग गर्दै सरकारसमक्ष १० बुँदे ज्ञापनपत्र पेश गरेका छन्।

ज्ञापनपत्रमा नेपालमा पछिल्लो एक दशकदेखि गीग तथा प्लाटफर्म आधारित अर्थतन्त्र तीव्र रूपमा विस्तार हुँदै गएको र घरभित्र तथा बाहिर एप–आधारित सेवामार्फत लाखौं युवा श्रमिक राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको उल्लेख गरिएको छ। तर, यस क्षेत्रमा कार्यरत श्रमिकहरू संविधानले प्रत्याभूत गरेका श्रमिक अधिकार, श्रम ऐन तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डबाट अझै वञ्चित रहेको उनीहरूको भनाइ छ।

श्रमिकहरूले आफूहरू आर्थिक शोषण, सामाजिक सुरक्षा अभाव, स्वास्थ्य तथा सुरक्षाको जोखिम, विभिन्न प्रकारका विभेद र असुरक्षित कार्य वातावरणको सामना गर्न बाध्य भएको उल्लेख गर्दै गीग तथा प्लाटफर्म श्रमिकलाई औपचारिक श्रम बजारको मूलधारमा समावेश गर्न सरकारसँग आग्रह गरेका छन्।

ज्ञापनपत्रमार्फत प्लाटफर्म श्रमिकलाई श्रम ऐनअनुसार संगठन बनाउन तथा सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को प्लाटफर्म अर्थतन्त्रसम्बन्धी महासन्धि अनुमोदन गर्न, सर्वोच्च अदालतको २०८२ असार १० गतेको फैसलाअनुसार आवश्यक कानुन निर्माण गर्न तथा सरकार, रोजगारदाता र श्रमिकको सहभागितामा त्रिपक्षीय संवाद समिति गठन गर्न माग गरिएको छ।

त्यसैगरी इन्धन मूल्य र महँगीअनुसार भाडादर समायोजन, श्रमिक र सेवाग्राहीको सुरक्षा सुनिश्चित गर्ने नीति, डाटा सुरक्षा, एल्गोरिदममा मानवीय निगरानी, योगदानमा आधारित सामाजिक सुरक्षा, न्यूनतम आम्दानी तथा कार्यघण्टाको सुनिश्चितता, पार्किङ र प्राथमिक उपचारको व्यवस्था, पेशागत सुरक्षा तथा स्वास्थ्यको ग्यारेन्टी, दुर्घटनामा उद्धारको व्यवस्था र श्रमिकलाई निलम्बन वा कामबाट हटाउँदा पारदर्शी प्रक्रिया अपनाउनुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

ज्ञापनपत्रमा गीग तथा प्लाटफर्ममा आधारित श्रमिक संगठनहरूले संविधान, श्रम कानुन, ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका मापदण्डप्रति प्रतिबद्ध रहँदै श्रमिकहरूको हकहितका लागि संयुक्त रूपमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

सिफारिस

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

भर्खरै

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

धेरै पढिएको