सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त, को हुन् उनी ?

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त भएका छन् । शैलेन्द्र खनाल चार वर्षे कार्यकाल पूरा गरेर सोमबारदेखि अनिवार्य अवकाश पाएपछि रिक्त पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो।

खनालको बिदाइपछि केसीलाई निमित्त प्रमुखको जिम्मेवारी समेत दिइएको थियो। एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख थिए। रामशरण पौडेल र केसी आईजीपीका प्रतिस्पर्धी भए पनि सरकारले वरियतामा अगाडी रहेका केसीलाई नै आईजीपी बनाएको हो।

केसीले वैशाख १८ गतेसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्ने छन्। वैशाख १९ देखि ३० वर्षे सेवाअवधिका कारण उनीसँगै एआईजी पौडेल पनि अनिवार्य अवकाशमा जाने छन्। उनी प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेर २०५८ सालमा एक तह बढुवा हुँदै डीएसपीबाट सशस्त्र प्रहरीतिर लागेका थिए।

पुष्पराम केसी नुवाकोटको शिवपुरीका हुन्। सशस्त्रमा प्रवेश गरेको तीन वर्ष पछि नै २०६१ साल वैशाखमा एसपीमा बढुवा भएका थिए।

५ वर्षपछि २०६६ साल मंसिरमा एसएसपी भए। २०६९ जेठमा डीआईजी र २०७४ वैशाखमा एआईजीमा बढुवा भएका थिए। चार वर्ष पहिले नै उनी आईजीपीका दाबेदार थिए। तर त्यतिबेला सरकारले शैलेन्द्र खनाललाई आईजीपी नियुक्त गरेको थियो।

आईजीपी केसीको धेरै समय प्रशिक्षण र नीति निर्माणमा बितेको छ। नेपाल प्रहरी निरीक्षकमा भर्ना भएको केही समयमै उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

सशस्त्र प्रहरीमा प्रवेश गरेपछि पनि उनी प्रधान कार्यालयमा बसे। त्यसपछि ककनीमा प्रशिक्षक भए। नेपाल प्रहरीमा हुँदा प्रशिक्षक केसीले यता पनि त्यस्तै जिम्मेवारी पाए। उनी राष्ट्र संघीय शान्ति मिसनमा इराक, लाइबेरिया र सुडान मिसनमा गएका छन्। लाइबेरियामा उनी एफपीयुको कमाण्डर नै थिए।

मधेस आन्दोलनका समयमा बर्दियाको छिन्नमस्ता गणको गणपति थिए। त्यसपछि प्रहरी प्रधान कार्यालयमा आएका केसीले तालिमसम्बन्धी नीति निर्माणको जिम्मेवारी पाए।

डीआईजीमा बढुवा भएपछि तत्कालीन पूर्व क्षेत्र कमाण्ड, अहिलेको प्रदेश १ को जिम्मेवारी पाए। त्यहाँ एक वर्ष बसेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा आएका केसीले सशस्त्र प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाए।

एपीएफको स्टाफ कलेज स्थापनामा उनको महत्वपूर्ण भूमिका छ। यसको संस्थापक अध्यक्ष समेत हुन्। राजश्व भन्सार तथा औधोगिक सुरक्षा निर्देशनालयमा काम गरेका केसी २०७४ वैशाखमा एआईजीमा बढुवा भएपछि कार्य विभागको जिम्मेवारी पाएका थिए।

एआईजी भएपछि नै सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा एक वर्ष काम गरेका केसीले मानव श्रोत एवम् प्रशासन विभागमा पनि काम गरेका थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको